site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा औपचारिक रूपमा सुरु भयो इन्ड्राइभ, १० प्रतिशत कमिसन लिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राइडसेयरिङ एप इन्ड्राइभ नेपालमा कम्पनी दर्ता भएर औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपालमा कानुनअनुसार दर्ता भएर सेवा सुरू गरेको जनाएको हो । 

यसअघि, राइडरहरूबाट कमिसन नलिएर सञ्चालनमा रहेको इन्ड्राइभले अब भने कमिसन लिनेछ । कम्पनीले अन्य राइड हेलिङ कम्पनीको तुलनामा कम १० प्रतिशत मात्रै कमिसन लिने बताएको छ । यो शुल्क करसहित भएको र राइडरबाट १० प्रतिशतबाहेक थप रकम नलिने कम्पनीको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राइडरहरूले इन्ड्राइभलाई शुल्क तिर्न एपभित्र रहेको वालेट भन्ने अप्सनमा गएर पैसा लोड गर्नुपर्नेछ । आईएमईपेबाट पैसा लोड गरेपछि प्रत्येक राइडबाट कमाएको रकमको १० प्रतिशत रकम काटिनेछ र लोड गरेको पैसा सकिएपछि फेरि लोड गर्नुपर्नेछ ।

कार्यक्रममा कम्पनीको एसिया–प्यासिफिक कम्युनिकेसन हेड पवित नन्दा आनन्दले चाहेअनुसारको भाडा तय गर्न सकिने हुँदा इन्ड्राइभ अरुभन्दा फरक रहेको बताइन् । इन्ड्राइभको नेपालका लागि निर्देशक रिता पोखरेलले अब चाँडै नै कम्पनीले यात्रुका लागि बिमा समेत ल्याउने जानकारी दिइन् ।

Royal Enfield Island Ad

कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा रहेको निर्देशक पोखरेलले बताइन् । अब काठमाडौं बाहिरका सहरमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । इन्ड्राइभले राइड सेयरिङबाहेक कुरियर, कार्गाेलगायत अन्य सेवा पनि नेपालमा विस्तार गरिरहेको छ ।

ग्राहक एवं प्रयोगकर्ताका समस्या र गुनासोहरू तत्काल सम्बोधन गरिरहेको उनको दाबी छ । कुनै घटना घटेमा समेत एक घण्टाभित्रमा प्रहरीमार्फत् समाधानको प्रयास थालिरहेको नेपालका लागि इन्ड्राइभकी निर्देशक पोखरेलको भनाइ छ ।

इन्ड्राइभका संस्थापक आर्सेन टम्स्की हुन् । रुसको साइबेरिया क्षेत्रमा जन्मेका  टम्स्कीले सन् २०१२ मा रुसकै याकुत्स्क सहरबाट इन्ड्राइभ कम्पनी सुरू गरेका थिए । कम्पनी सन् २०१३ देखि औपचारिक रूपमा सुरू भएको थियो । हाल अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनीले ४५ देशका ७०० भन्दा बढी देशमा सेवा दिइरहेको छ । 

२० करोडभन्दा बढीपटक डाउनलोड भइसकेको इन्ड्राइभ विश्वकै दोस्रो धेरै डाउनलोड हुने राइड तथा ट्याक्सी सेयरिङ एप हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro