site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टुकुचा उत्खननको अनुसन्धान गर्दै पुरातत्त्व विभाग, खुला बनाएरै छोड्ने बालेनको रणनीति
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुरातत्त्व विभागको टोलीले टुकुचाको उत्खननमाथि रिपोर्टिङ गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले उत्खनन गर्दै गर्दा केही पुराना अवशेष तथा ऐतिहासिक महत्वका सामानहरू भेटिनसक्ने भन्दै रिपोर्टिङ गर्ने भएको हो । 

विभागका प्रवक्ता रामबहादुर कुँवरले अध्ययनको प्रतिवेदन आइसकेपछि मात्रै केही भन्न सकिने बताए । “हाम्रो टोली उत्खनन स्थलमा खटिने छ । त्यहाँ पुरातात्त्विक ऐतिहासिक महत्वका केही सामानहरू भेटिन सक्छन् भन्ने हेतुले हो । टोलीले रिपोर्टिङ तयार पार्नेछ,” उनले भने । 

आज उच्च अदालत पाटनले टुकुचामाथि बनेका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिइ संरचनाहरू हटाउन नमिल्ने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रसिडेन्ड ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले अदालतमा रिट दायर गरेका थिए । जिनेक्स इन्भेस्टमेन्ट प्राली वडा नम्बर १ कित्ता नम्बर ७ को क्षेत्रफल ०–९–१–१–६ र उत्तरमान लामाको नाममा रहेको कित्ता नम्बर ३०३८ को क्षेत्रफल ०–५–२–० को जग्गा र प्रसिडेन्ड ट्राभल्स एण्ड टुर्स प्रालिको कित्ता नम्बर ३०३९ को ०–५–२–० जग्गाको कानुनी रूपमै खरिद गरी भोगचलन गर्दै आएको भन्दै ती जग्गामा बनेको घर कानुनबमोजिम रित पु¥याइ वा उचित क्षतिपूर्ति नदिइ भत्काउने कार्य नगर्नु भनी महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । 

अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । तर, महानगरपालिकाको नगरप्रहरी टोलीले दैनिक कार्यतालिकाअनुसार आज पनि हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन गरिरहेको छ । हात्तीसारको सिद्धार्थ बैंक पछाडि पनि टुकुचा भेटिएको छ । महानगरले सम्भावित क्षेत्र पहिचान गर्दै डोजर चलाएर उत्खनन गर्दै आएको छ । 

Global Ime bank

महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिकै उत्खनन गर्दा टुकुचा भेटाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजिरहेका छन् । 

सहरी विकास मन्त्रालयले टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदन महानगरले स्वीकार गर्दै टुकुचामाथि ५८१ कित्ता जग्गामा घर तथा भवनहरू बनाइएको खुलाएको थियो । सोही प्रतिवेदनका आधारमा टुकुचा उत्खनन भइरहेको महानगरले जनाएको छ । 

टुकुचामाथि ठूल्ठूला सरकारी तथा गैरसरकारी भवनहरू बनेका छन् । साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा मिचेर बनाएका अवैध संरचना हटाउन अल्टिमेटम जारी गरेको थियो । 

टुकचा खोला नक्सामा देखिँदैन । खोला वरपर चार मिटर कायम गर्ने गरी टुकुचा खोलालाई खुला बनाइँदै लैजाने महानगरको योजना छ । 

वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यु प्लाजा, पुुतलीसडक, कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा हुँदै बग्छ । 

त्यस्तै, बालुवाटार चिनियाँ दूतावासको पर्खाल सकिनेबित्तिकै उत्तरतर्फ लाग्दा टुकुचा छोपेर मान्छे हिँड्ने पेटी बनाइएको छ । टुकुचा अहिले बीचबीचमा भूमिगत रूपमा बग्छ । 

टुकुचा वडा नम्बर ४, ३, २, १, २८ र ११ हुँदै थापाथलीस्थित वाग्मती नदीमा मिसिन्छ । 

टुकुचाबारे यसअघि पनि विभिन्न निकायले अध्ययन गरिसकेका थिए । तर, कुनै निष्कर्षमा नपुग्दा कुनै पनि काम अगाडि बढ्न सकेको थिए । 

यद्यपि, कानुनी वैधानिकता, आधिकारिकता प्रमाणितका विषयमा सहरी विकास मन्त्रालय सहरी विकास आयोजना, घरधनी, नापी विभाग र मालपोत कार्यालयसँगको समन्वयमा अध्ययन भइरहेको महानगरले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement