site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमसीसी चीनको प्रतिवाद गर्न आएको होइन : स्वर्णिम वाग्ले
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नका लागि नआएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थविद् डा. वाग्लेले एमसीसी चीनको विरुद्धमा नभएर लामो प्रक्रियाबाट नेपालको चाहनामा आएको बताएका हुन् । 

उनले सन २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेरपनि २०१७ देखि विवादमा आएको बताए । नेपालमा ठूला पूर्वाधार विकास निर्माणमा आउने वैदेशिक लगानीको विषयमा वास्तविकता जानकारी नभएर हाउगुजी हुन थालेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

नेपालमा अझै पनि ठूला वैदेशिक दातृ निकाय भनेको एसियाली विकास बैंक, विश्व बैंक हो भन्ने मानसिकता रहेको उनले बताए । डा. वाग्लेले नेपालले ४० वर्षका लागि १ प्रतिशत ब्याजमा ऋण पाउँदासमेत खर्च गर्न नसकेको उदाहरण रहेको बताए । 

उनले अब वैदेशिक दातृ निकायहरूले विगतको जस्तो नेपाललाई सस्तो ब्याजमा ठूलो ऋण दिने झ्याल बन्द हुने अवस्थामा पुगेको पनि बताए । अब वैदेशिक ऋण नपाएर आन्तरिक स्रोतबाट लगानी खोज्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro