site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्थानीयले दिएको निवेदनपछि बनेको थियो टुकुचा खोज्ने बालेनको योजना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचन अघि नै काठमाडौंका अवैध संरचना भत्काउने योजना बनाएका थिए । 

आफ्नो योजनाअनुसार मैदानमा उत्रिएर बालेनको नेतृत्वमा महानगरको डोजर भदौ ६ गतेदेखि अवैध संरचनामा चल्न सुरु भयो । नयाँबानेश्वर क्षेत्र, अल्फाबिटा कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्सको अवैध संरचनामा चलेको महानगरको डोजर अभियान वडा वडामा पुग्यो ।  

नक्सापास वा मापदण्डविपरीत निर्माण भएका अवैध संरचना र अन्डरग्राउन्ड पार्किङ खाली गर्ने कामलाई महानगरले निरन्तरता दिइरह्यो । सोही अभियानअन्तर्गत महानगरका ३२ वडामा निर्माण भएका अवैध संरचनाको विवरण पनि संकलन गरियो । 

Prabhu Bank
Agni Group
NIC Asia

वडाले विवरण संकलन गर्दै गर्दा स्थानीयले नै अवैध संरचना रहेको निवेदन महानगरपािलकामा पेस गर्ने क्रम पनि बढ्दै गयो । यसले बालेन र महानगर टिमलाई थप सहयोग पुर्‍यायो । स्थानीयले दिएको सूचनाका आधारमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टिमले धमाधम अवैध संरचनामा डोजर चलाइरहेको छ । 

अवैध संरचनामा डोजर चल्दै गर्दा टुकुचा खोला मिचिएको निवेदन पनि स्थानीयले नै महानगरमा दिएको खुलेको छ । मेयर बालेनको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार बालेनले अवैध संरचनामाथि ‘एक्सन’ लिएपछि स्थानीयले टुकुचा अतिक्रमण भएको निवेदन पनि दिएका थिए । 

Global Ime bank

“अवैध संरचना भत्काउने योजना चुनावअघि नै बनिसकेको थियो । अवैध संरचना भत्काउँदै गर्दा टुकुचा अतिक्रमणको निवेदन स्थानीयबाटै महानगरमा पर्‍यो,” शाहले भने, “त्यसपछि खोज्दै जाँदा साँच्चिकै खोला मिचिएको पत्ता लाग्यो ।”

त्यसपछि बालेन नेतृत्वको इन्जिनियर टोलीले टुकुचाको नक्सा हेर्दा नक्सामा पनि भेटिएन । स्थानीयको प्रमाणसहितको निवेदनकै आधारमा बालेनको योजना बनेको प्रमुख स्वकीय सचिव शाहले बताए ।
 
“व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्नु भनेको मानव अपराध हो भन्ने निक्र्यौल निकाल्यौँँ । त्यसपछि, टुकुचाको अपरेसन गर्न अध्ययन, अनुसन्धानपछि कानुनसम्मत तरिकाले साउन १२ गते नै ३५ दिने अल्टिमेटम जारी गर्‍यौँ,” शाहले भने, “महानगरको अल्टिमेटम सकिएपछि टुकुचा खोज्न सुरु गरिएको हो ।”
 
सुरुमा नक्साङ्कन गरेर काम अगाडि बढाउने योजना बनाए पनि खोलाको नक्सा नै नभेटिएको शाहको भनाइ छ । “सानो खोला मिचिएको होइन । अतिक्रमित खोलालाई खोलाकै धारमा बग्न दिनुपर्ने हेतुले एक्सनमा उत्रिएका छौँ । अब योजनावद्ध तरिकाले काम गर्दै जान्छौँँ,” उनले भने । 

टुकुचा खोला खोज्न बालेनलाई स्थानीय नागरिकले प्रत्यक्ष सहयोग गरेको प्रमुख स्वकीय सचिव शाहले बताए । बिहीबार नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोलीले टुकुचाको प्वाइन्ट पत्ता लगाउन जय नेपाल हलको कम्पाउन्ड उत्खनन् गरेको थियो ।
 
डोजरले करिब १५ फिट गहिरो खाल्डो खन्दा टुकुचा खोला जमिनमुनि बगिरहेको अवस्थामा भेटियो । महानगरले अबका दिनहरुमा पनि टुकुचा खोला उत्खनन्को काम जारी राख्ने भएको छ ।
 
महानगरको योजनाअनुसार दुई तरिकाबाट टुकुचा खोलाको उत्खनन् हुनेछ । टुकुचा खोला मिचिएको सम्भावित क्षेत्रमा खन्दै जाने र नापी शाखाको प्रविधिमार्फत म्यापिङ गर्दै जाने योजना मेयर बालेनको छ ।
 
स्वकीय सचिव शाहका अनुसार खोला वरपर चार मिटर कायम गर्ने गरी टुकुचा खोलालाई खुला बनाइँदै लैजाने योजना छ । “खोलामाथि घर बनाउने मान्छेले पनि सोचेर बनाउनु पर्ने हो । करिब ५०० अर्ब रुपैयाँ खर्च भएर बनेका ठूला बिल्डिङहरु टुकुचामाथि छन् । महानगरले अब कानुनसम्मत तरिकाले टुकुचा उत्खनन् गर्दै जान्छ,” शाहले भने ।
 
“पहिलाका मानिसहरु बाठो भएर फाइदाका लागि मात्रै मिचिएको देखिन्छ । सोही हटाउनको लागि यो अभियान आएको हो,” शाहले भने । बालेनकै योजना बमोजिम अतिक्रमण हटाउन तीन निकायको सक्रियतामा अध्ययन अनुसन्धानसमेत भइरहेको उनले बताए । 

काठमाडौं महानगरको वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला बीचमा गायब भएको छ । महानगरका अनुसार टुकचा खोला नारायणहिटी राजदरबार, जय नेपाल हल, न्युप्लाजादेखि पुुतलीसडक क्षेत्रमा गायब भएको छ । 

कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा पछाडि केही ठाउँमा मात्रै टुकुचा देखा पर्छ । त्यस्तै, बालुवाटार चिनियाँ दूतावासको पर्खाल सकिना साथ उत्तरतर्फ लाग्दा टुकुचा छोपेर मान्छे हिँड्ने पेटी बनाइएको छ । 

भृकुटीमण्डपको केही ठाउँमा देखिने टुकुचा बीचमा फेरि गायब भएर एकपटक थापाथलीमा मिसिन्छ । बालेनको योजनाअनुसार नापी विभाग र मालपोत कार्यालयको सहायतामा अध्ययन भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । 

मानन्धरका अनुसार नक्सा कहिले बनेको र टुकुचा नक्सामा नपर्नुको कारणमा पनि महानगरको इन्जिनियर टोलीले खोजी गरिरहेको छ । टुकुचामाथि बनेका भवनहरुको गल्ती कमजोरी वा सरोकारवाला निकायको गल्ती खुल्दै जाने महानगरले जनाएको छ ।
 
नगर प्रहरी प्रमुख एसपी पाण्डेका अनुसार वडा वडाबाट महानगरको टुकुचा अध्ययन समितिमा विवरण आइरहेको छ । टुकुचा खोला वडा नम्बर ४, ३, २, १ २८ र ११ हुँदै वाग्मती नदीमा मिसिन्छ । 

यसअघि, सहरी विकास मन्त्रालयसहितका विभिन्न निकायले टुकुचा खोलाको सम्भाव्यता अध्ययन गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । टुकुचा खोला खुला रुपमा बग्ने गरी काम भइरहेको महानगरले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement