site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकाभित्र यी स्थानमा भइरहेछ डेंगीको निःशुल्क परीक्षण 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । डेंगी संक्रमितको संख्या उच्च हुँदै गएपछि काठमाडौं उपत्यकाका स्थानीय तहहरुले निःशुल्क परीक्षण सेवा दिन थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले निःशुल्क परीक्षण सुरु गरेका हुन् । 

जिल्लामा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क आरडीटी (र्‍यापीड डाइग्नोष्टिक टेष्ट) परीक्षणको व्यवस्था गरिएको छ भने स्थानीय तहहरुले समेत वडा स्तरमा निःशुल्क परीक्षण गराइरहेका छन् । 

Agni Group
NIC Asia

जसअन्तरगत ललितपुर महानगरले सबै वडाबाट निःशुल्क एन्टिजेन तथा तीन सय रुपैयाँभन्दा कम शुल्कमा सीबीसी (कम्प्लिट ब्लड काउन्ट) परीक्षण गर्ने व्यवस्था गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

काठमाडौं महानगरभित्र वडा नं. ८, १९, २६ र ३० मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले बताए । काठमाडौं महानगरले बिहीबारदेखि २४ सै घण्टा परामर्श दिनेगरी हटलाइन सेवाको समेत व्यवस्था गरेको छ । 

Global Ime bank

११८० नम्बरमा फोन गरी डेंगीसम्बन्धी परामर्श तथा परीक्षणबारे जानकारी लिन सकिने महानगरले जनाएको छ । रातको समयमा महानगरका दुईजना स्वास्थ्यकर्मीबाट डेंगीबारे विभिन्न परामर्श दिइने त्रिपाठीले जानकारी दिए । साथै १०२ नम्बरमा कल गरी महानगरको समन्वयमा निशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिनेछ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै डेंगी संक्रमितको संख्या सात हजार ६३२ र देशभर १३ हजार ७ पुगेको छ । डेंगी संक्रमित १३ जनाको मृत्यु भएको छ । 

डेंगी संक्रमणबाट बच्ने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र घर वरिपरिको पानी जम्ने वातावरण नबनाउन विज्ञहरुको आग्रह छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय