राजनीति
काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।
समितिको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ ०५:३३
प्रतिक्रिया दिनुहोस्