site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ठूल्ठूला भवनमुनि टुकुचा, अतिक्रमण हटाउन के छन् बालेनका याेजना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार काठमाडाैं महानगरपालिकाको नगरप्रहरी टोली टुकचा खोलाको ‘प्वाइन्ट’ पत्ता लगाउन जय नेपाल हल क्षेत्रमा पुग्यो । 

डोजरले हलको कम्पाउण्डमा करिब १६ फिटको खाल्डो खन्दा टुकचा खोला भेटियो । महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्वको टोलीले पहिलो कदममै खोलाको ‘प्वाइन्ट’ पत्ता लगाएको छ । 

वडा नम्बर ४ स्थित निर्मल निवास पछाडिबाट सुरु भएको टुकुचा खोला बीचबाटै गायब भएको छ । पछिल्लो समय महानगरका मेयर बालेन्द्र शाह (बालेन) टुकुचा खोला अतिक्रमण हटाउन अध्ययन र गृहकार्य गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यका अनुसार महानगरको टोली आफैले टुकचा खोला खोज्न सुरु गरेको छ । 

महानगरले असोज १२ गते टुकुचा मिचेर बनेका संरचना घरधनी आफैले हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो । सो अल्टिमेटम सकिएपछि मेयर बालेनको निर्देशनमा वडाध्यक्षसहित नगरप्रहरी टोली खोजी कार्यमा जुटेको विभागीय प्रमुख शाक्यले बताए । 

Global Ime bank

महानगरका अनुसार टुकुचा खोलामाथि नारायणहीटी राजदरबार, जय नेपाल हल, न्यु प्लाजा लगायत सयौँ ठूल्ठूला भवन निर्माण भएका छन् । पुतली सडकदेखि थापाथली क्षेत्रसम्म पनि खोला गायब भएको छ । 

कमलादी क्षेत्रस्थित काठमाडौं प्लाजा पछाडि केही ठाउँमा मात्रै टुकुचा देखा पर्छ ।  त्यस्तै बालुवाटार चिनियाँ दूतावासको पर्खाल सकिने बित्तिकै उत्तरतर्फ लाग्दा टुकुचा छोपेर मान्छे हिँड्ने पेटी बनाइएको छ । सो क्षेत्रमा घरधनीहरूले कम्पाउण्ड पनि निर्माण गरेका छन् । 

विभागीय प्रमुख शाक्यका अनुसार टुकुचा खोलामाथि करिब सयौँको संख्यामा भवनहरू बनेका छन् । वडा–वडाबाट यसको विवरण संकलन भइरहेको महानगरले बताएको छ ।

बीचमा हराएको टुकुचा खोला खोज्न महानगरले नापी विभाग र मालपोत कार्यालयको पनि सहायता लिइरहेको विभागीय प्रमुख शाक्यले बताए । 

फिल्डमा खटिएका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अबको चरणमा निरन्तर खोला खोज्दै जाने क्रम जारी रहनेछ । 

घरधनी वा अन्य कुनै निकायबाट भएको गल्ती कमजोरीहरू औँल्याउदै कारबाही प्रक्रिया अघि बढाइने महानगरको योजना छ । 

नगरप्रहरी टोलीले अन्य सम्भावित क्षेत्रमा पनि खोला खोजीको काम जारी राख्नेछ ।  यसअघि जय नेपाल हल क्षेत्रमा भने टुकुचा खोला देखिँदैनथ्यो । 

काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जनले आफ्नो क्षेत्रमा पहिला खोला जस्तो थियो त्यस्तै रहेको दाबी गरे ।  

उनले खोला आसपासमा ३०–३५ वटा सुकुम्बासी घरहरू रहेको पनि बताए । “हाम्रो क्षेत्र वरपर ३०–३५ वटा सुकुम्बासी घरहरू छन् । हामीले अध्ययन समिति समक्ष विवरण पेस गरी पनि सक्यौँ । वडा स्तरबाटै टुकुचा खोला खोजीमा लागि परेका छौँ,” उनले भने । 

टुकुचा खोला वडा नम्बर ४, ३, २, १, २८ र ११ हुँदै बग्छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार टुकुचा खोला गायब तथा अतिक्रमणबारे अध्ययन अनुसन्धान भइरहेको छ । 

टुकुचा खोलाको अतिक्रमण हटाउन अध्ययन र गृहकार्यमा इन्जिनियरसहित मेयर बालेन आफै खटिएको महानगरले बताएको छ । 

मानन्धर भन्छन्, “कति ठाउँमा टुकुचा बाहिर निस्किएको छ भने कतिमा भित्र पसेको देखिन्छ । कति ठाउँमा घरहरू पनि बनेका छन् । हाल खोलाको पहिले र अहिलेको अवस्थाबारे अध्ययन भइरहेको छ ।” 

अध्ययनको रिपोर्ट आइसकेपछि मात्रै टुकुचा अतिक्रमणको यकिन टुंगोमा पुग्ने गरी काम गर्ने उनले बताए । प्रवक्ता मानन्धरका अनुसार नगरप्रहरीले पहिलो प्रयास मै गायब भएको खोला भेटाएको छ । 

“जय नेपाल हलको पूर्व पट्टीको कम्पाउण्डबाट खोलाको धार खोजिनेछ । मेयरको निर्देशनमा सम्बन्धित विभाग र वडा कार्यालयहरूले स्टेप, स्टेपमा काम गरिरहेका छन् । टुकुचा खोज्दै जाँदा कहाँ–कहाँ के–के भेटिन्छ । त्यसपछि महानगरले सबैले देख्ने गरी कदम चाल्छ,” उनले भने ।

प्रचलित कानुनको पालना गर्दै अतिक्रमणमाथि डोजर चलाउने वा अन्य प्रक्रियामा टुकुचा नदी पुरानै स्वरूपमा फर्काउने भन्ने कुरा खुल्दै जाने महानगरको भनाइ छ । 

भदौ ६ गतेदेखि अवैध संरचनामा डोजर चलाउँदै आएको महानगरले अहिलेसम्म ३९ स्थानका अवैध संरचना भत्काइसकेको छ । 

अध्ययनको रिपोर्ट हेरिसकेपछि नदीलाई नदीकै रूपमा फर्काउने बालेनको योजना छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement