काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आएलगत्तैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्किन लागेका हुन् ।
सोमबार काठमाडौं अवतरण गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
चार दिने नेपाल भ्रमणका रहेका उनले बुधबार विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।
मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।