काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रनिङ ट्रफी टुर कार्यदल गठन गरिएको छ ।
भदौ २७ गते कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक विजेता दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएकाे हो ।
उक्त कार्यदलमा पारस खड्का (पूर्व क्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहेका छन् ।
यही भदाै ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्रीबाट उक्त रनिङ ट्रफी सार्वजनिक गरिने र ट्रफी सुदूरपश्चिमामबाट सुरु गरी सातै प्रदेशका साथै तीन विभागीय टोलीमा पुर्याइने ओलम्पियन संघका अध्यक्षसमेत रहेका बिष्टले जानकारी दिए ।