site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असोजदेखि सवारी लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास, यस्तो छ नयाँ मापदण्ड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो । 

मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो । 

वाग्मती प्रदेश श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले पटक–पटक ट्रायल परीक्षामा फेल भइ बिचौलियाको मारमा पर्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागिएको बताए । उनले भने, “हामीले सबै तयारी पूरा गरिसकेका छौँ । असोज १ गतेदेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउदैछौँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

वाग्मती प्रदेशअन्तर्गत काठमाडौंका चार (एकान्तकुना, ठुलो भर्‍याङ, चाबहील, भक्तपुर)  र हेटौंडाको एउटा यातायात कार्यालयबाट सो प्रावधान लागु हुनेछ । जुन प्रावधानले गर्दा नयाँ सवारी चालकहरूले सजिलै लाइसेन्स निकाल्न सक्नेछन् । 

यातायात व्यवस्था विभागले ०७७ साल तयार पारेको ७० अंक ल्याए पास हुने निर्देशिका गतवर्ष वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयमा पठाएको थियो । 

Global Ime bank

निर्देशिकाबमोजिम लिखित परीक्षामा ८० अंक ल्याए पास भइ लाइसेन्स लिन पाउने व्यवस्था गरिएको छ । आन्तरिक विवाद र बिचौलियाको दबाबले निर्देशिका अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।  सवारी चालकहरूले प्रत्यक्ष सास्ती खेप्दै आएका थिए । 

पहिले नै कार्यान्वयमा ल्याउनुपर्ने मापदण्ड अहिलेसम्म कार्यान्वयमा नल्याइएको भन्दै विभाग प्रदेशसँग असन्तुष्ट छ । मन्त्रालयले नयाँ मापदण्ड लागु भइसकेपछि यातायात कार्यालयबाट हुने सेवा सुविधाहरू प्रविधिमैत्री बनाउँदै लैजाने योजना रहेको बताएको छ । 

सरकारले ०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मा ट्रायल परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था ल्याएको थियो । सो निर्देशिका कार्यान्वयनमा नआउँदै विभागले खारेज गरेको थियो । 

चालकले प्रयोगात्मक परीक्षा दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्नेछ । 

यस्तो छ नयाँ परीक्षा मापदण्ड  

यातायात व्यवस्था विभागले १ वर्ष पहिले नै लागु हुने भन्दै नयाँ परीक्षा मापदण्ड वेबसाइटमा राखेको थियो । मापदण्ड निर्देशिकाअनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको परीक्षा मापदण्ड खुकुलो बनाइएको छ ।

प्रयोगात्मक (ट्रायल) परीक्षाको चरणमा घुमाउरो आठ एक पटकसम्म अंकित रेखा छोएमा र एक पटक खुट्टाले भुँइ छोएमा ५–५ नम्बर काटिनेछ । टर्निङ इन्डिकेटर लाइट नबालेमा, ट्राफिक संकेत पालना नगरेमा, एक पटकसम्म सवारी स्टार्ट बन्द भएमा अंक घट्नेछ । तर फेल गराइनेछैन् । 

एक पटकभन्दा बढी अंकित रेखा छोएमा, सवारी रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढि खुट्टाले भुँइ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठको आकार नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा भने फेल घोषणा गरिनेछ । 

त्यस्तै साधुँरो फलेकको हकमा खुट्टाले भुँइ टेकेमा र फलेकको लम्बाइ पार गर्न अगाडि नै सवारी फलेकबाट बाहिर निस्केमा फेल हुनेछ । 

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा परिक्षार्थी फेल हुने व्यवस्था छ । 

अन्त्यमा परीक्षार्थीको व्यवहारिक मूल्याङ्कनअन्तर्गत १० नम्बर छुट्याइएको छ । सवारी चलाउनु पूर्व सवारीको बे्रक, टायर र ऐना सामान्य परीक्षण नगरेमा ३ नम्बर काटिनेछ । हेल्मेटको लक नलगाइ सवारी चलाएमा ४ नम्बर काटिनेछ । अस्वभाविक र असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement