site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको प्रश्न– के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड पनि नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार समुद्घाटन समारोहमा बोल्दै ओलीले नेपालको पार्टीलाई जनताले भोट नदिने दाबी गरे ।

एमालेलाई विभाजन गरेको भन्दै उनले नेपालसहित झलनाथ खनालप्रति आक्रोश पोखे । 'समृद्ध नेपाल, सुखी नेपाली' नारासहित विगतमा आफ्नो नेतृत्वको सरकारकाले विकास निर्माणको कार्यलाई द्रूतरूपमा अघि बढाएकोमा माधव नेपाल, झलनाथ खनालहरूले आफ्नै पार्टी फुटाएको ओलीको आरोप थियो ।

“माधव नेपालको पार्टीलाई के गर्न हुने, के गर्न नहुने छैन । किन भोट दिने ?,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वप्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले आफूले काम गर्न नसक्ने र अरूले गरेको रिस डाहा गर्ने प्रवृत्ति माधव नेपालमा रहेको आरोप लगाए ।

“आफ्नै एमाले नेतृत्वको सरकार ढाल्ने काम माधव नेपाल, झलनाथ खनालहरू पार्टी फुटाउने खेलमा लागे । चुनावमा के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ? कुन कामका लागि भोट दिने ? पार्टी फुटाएकाले, सरकार ढालेकाले, केका लागि भोट दिने वा प्रतिक्रियावादीको सभामा सामेल भएर एमालेलाई गाली गरेबापत ?,” उनको आक्रोश थियो ।

Global Ime bank

आसन्न चुनावमार्फत एमालेले जित्नैपर्ने उनले बताए । “सत्तागठबन्धनले देश बर्बादीतर्फ धकेलिरहेको छ । परराष्ट्र सम्बन्ध बिगारेको, राष्ट्रियतामा संकट उत्पन्न पारिरहेको छ,” उनले भने, “यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुटतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।”

राष्ट्रियता बचाउने, सुशासन कायम गर्ने, विकासको अभ्यास अगाडि बढाउनका लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एमालेले जित्नैपर्ने उनको जोड थियो । उनले अहिले पनि एमाले ठूलो पार्टी भएको उल्लेख गर्दै उनले चुनावपछि बहुमतवाला पार्टी हुनुपर्ने बताए । 

सत्ता गठबन्धनले वृद्धभत्ताका लागि उमेर घटाएकोमा उनले रोष प्रकट गरे । 

“हामीले एक सय रुपैयाँबाट बढाएर ४ हजार पुर्‍यायौँ । उसले के के न गर्‍यौँ भनेर ६८ वर्षमा झारेको छ । नेपालीको सरदर आयु ७२ वर्ष हो । यसरी वृद्धभत्ताका लागि बर्सेनि उमेर घटिरहने हो भने मान्छे जन्मिने वित्तिकै वृद्ध भत्ता खाने दिने आउँछ,” उनले भने, “अर्थतन्त्र ओरालो लागेको बेलामा वृद्धभत्ता घटाउनुपर्ने आवश्यकता छैन । कांग्रेसले भोट बेस्सरी झर्छ भनेर ठानेको होला । अहिले केही नभेटाएर उमेर घटायो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय