site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक आज बस्दै, यी हुन् सम्भावित ६ कार्यसूची
फाइल तस्बिर । 

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ । 

संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । 

सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेलगायत ६ बुँदा छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्