काठमाडौं । जलवायु प्रेरित विपद्का घटनाले पछिल्लो पाँच वर्षमा नेपालमा ४ खर्ब १५ अर्ब ४४ करोड ५ लाख ३४ हजार ९५ रुपैयाँको आर्थिक क्षति गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण–२०२२’ ले उक्त क्षति भएको देखाएको हो । “ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी आर्थिक क्षति भएको छ,” प्रतिवेदनमा जलवायु परिवर्तनले गरेका असरबारे भनिएको छ ।
प्रतिवेदनमा स्थानीय तहअनुसार ग्रामीण क्षेत्रको तुलनामा नगरपालिकाहरूमा जलवायु प्रेरित विपदका घटनाले बढी आर्थिक नोक्सानी गरेको छ । भूवनोटका दृष्टिले पहाडी क्षेत्रले सबैभन्दा बढी आर्थिक क्षति र हिमाली क्षेत्रले सबैभन्दा कम आर्थिक क्षति बेहोर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु प्रेरित विपद्का घटनाले गरेको क्षतिलाई प्रदेशगत हेर्दा सबैभन्दा बढी आर्थिक क्षति वाग्मतीका पहाडी क्षेत्रमा गरेको अध्ययनले देखाएको छ ।
खडेरी, वन डढेलो, आगलागी, बाढी, डुबान, हावाहुरी, चट्याङ, असिना वर्षा, भारीवर्षा, छिटफुट वर्षा, भूक्षय, पहिरो, हिमपात, तातो हावा, शितलहर, रोग/कीराहरु लगायत १८ भन्दा बढी जलवायु प्रेरित घटनाले नेपालमा ठूलो आर्थिक क्षति गरेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु–प्रेरित विपद्का घटनाले भौतिक पूर्वाधार, खाद्य सुरक्षा र आर्थिक क्षतिलगायत विभिन्न पक्षहरूमा प्रभावको गहन अध्ययन गरिएको थियो ।
अध्ययनका क्रममा जलवायु परिवर्तनको प्रभावबाट सडक, सिँचाइ प्रणाली र पूर्वाधारहरूमा परेको प्रभावको जाँच गरिएको थियो । बितेको पाँच वर्षमा जलवायु प्रेरित विपद्का घटनाले नगरपालिकाहरुमा २ खर्ब १८ अर्ब ८२ करोड ३५ लाख ५६ हजार ६७० रुपैयाँको आर्थिक क्षति गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्ता घटनाले सोही अवधिमा गाउँपालिकाहरुमा एक खर्ब ९६ अर्ब ६१ करोड ६९ लाख ७७ हजार ४२५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । भौगोलिक हिसाबले तराई र हिमालको तुलनामा जलवायु प्रेरित विपद्का घटनाले पहाडी क्षेत्रमा बढी आर्थिक क्षति गरेको प्रतिवेदनमा देखाइएको छ ।
प्रतिवेदनअनुसार जलवायु प्रेरित विपद्का घटनाबाट पछिल्लो पाँच वर्षमा पहाडी क्षेत्रले १ खर्ब ८४ अर्ब ८६ करोड ३ लाख ४२ हजार ९५८ रुपैयाँको आर्थिक क्षति बेहोर्नु परेको छ ।
यस्तै, तराई क्षेत्रले १ खर्ब ६१ अर्ब २४ करोड ४३ लाख ६७ हजार ३१२ रुपैयाँ र हिमाली क्षेत्रले ६९ अर्ब ३३ करोड ५८ लाख २३ हजार ८२५ रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु प्रेरित विपद्ले प्रदेशहरुमा सबैभन्दा ठूलो आर्थिक क्षति वाग्मतीमा गरेको छ । बितेको पाँचवर्षमा जलवायु प्रेरित विपद्का घटनाले वाग्मतीमा १ खर्ब २७ अर्ब ८ करोड ९७ लाख ३ हजार ६९३ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
जलवायु प्रेरित विपद्ले दोस्रो ठूलो आर्थिक क्षति मधेस प्रदेशमा ९० अर्ब ८८ करोड ३५ लाख ३७ हजार २३ रुपैयाँ बराबरको गरेको छ । तेस्रो ठूलो आर्थिक क्षति कोसी प्रदेशमा ७६ अर्ब १६ करोड ९४ लाख ९७ हजार ६०७ रुपैयाँ बराबरको भएको छ ।
चौथौ ठूलो आर्थिक क्षति सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ४६ करोड ९६ लाख ८३ हजार २४६ रुपैयाँ र पाँचौं ठूलो क्षति कर्णाली प्रदेशमा ३३ अर्ब ८८ करोड ४८ लाख ६५ हजार ८४४ रुपैयाँ बराबरको गरको छ । उक्त अवधिमा गण्डकी प्रदेशमा ३३ अर्ब ६८ करोड ४५ लाख २३ हजार ५९७ रुपैयाँको क्षति भएको प्रतिवेदनमा जनाइएको छ ।
जलवायु प्रेरित विपद्का घटनाले सबैभन्दा कम क्षति लुम्बिनी प्रदेशमा भएको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा जलवायु प्रेरित विपद्ले १६ अर्ब २५ करोड ८७ लाख २३ हजार ८६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
प्रतिवेदन अनुसार जलवायु प्रेरित विपद्का घटनाले कोसी प्रदेशको हिमाली क्षेत्रमा १६ अर्ब ६ करोड ६० लाख २८ हजार ८१८ रुपैयाँ, पहाडी क्षेत्रमा ३२ अर्ब ६३ करोड ५० लाख ९५ हजार ४७८ रुपैयाँ र तराई क्षेत्रमा २७ अर्ब ४६ करोड ८३ लाख ७३ हजार ३११ रुपैयाँको आर्थिक क्षति गरेको छ ।
वाग्मती प्रदेशको हिमाली क्षेत्रमा ३० अर्ब ३५ करोड ९१ लाख ९५ हजार ६६२ रुपैयाँ, पहाडी क्षेत्रमा ९३ अर्ब ५१ करोड ४१ लाख ८ हजार ६५२ रुपैयाँ र तराई क्षेत्रमा ३ अर्ब २१ करोड ६३ लाख ९९ हजार ३७९ रुपैयाँ बराबरको आर्थिक क्षति जलवायु प्रेरित विपद्ले गरेको छ ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा १ अर्ब ९४ करोड २२ लाख ६४ हजार ६९ रुपैयाँ, पहाडी क्षेत्रमा २८ अर्ब ८५ करोड ९ लाख ८१ हजार ३ रुपैयाँ र तराई क्षेत्रमा २ अर्ब ८९ करोड १२ लाख ७८ हजार ५२५ रुपैयाँ बराबरको क्षति जलवायु प्रेरित विपद्ले गरेको प्रतिवेदनमा देखाइएको छ ।
यस्तै, जलवायु प्रेरित विपद्ले लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा ५ अर्ब ३८ करोड ४० लाख ६४ हजार ९०६ रुपैयाँ र तराई क्षेत्रमा १० अर्ब ८७ करोड ४६ लाख ५८ हजार १८० रुपैयाँको क्षति गरेको अध्ययनले देखाएको छ ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा १४ अर्ब ६१ करोड ५ लाख ५३ हजार १७२ रुपैयाँ र पहाडी क्षेत्रमा १९ अर्ब २७ करोड ४३ लाख १२ हजार ६७२ रुपैयाँ बराबरको क्षति जलवायु प्रेरित विपद्ले गरेको छ ।
प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा ६ अर्ब ३५ करोड ७७ लाख ८२ हजार १०४ रुपैयाँ, पहाडी क्षेत्रमा ५ अर्ब २० करोड १७ लाख ८० हजार २४९ रुपैयाँ र तराई क्षेत्रमा २५ अर्ब ९१ करोड १ लाख २० हजार ८९३ रुपैयाँको क्षति जलवायु प्रेरित विपद्ले गरेको देखाइएको छ ।
अध्ययनले नेपालमा जलायु प्रेरित विपद्ले गर्ने आर्थिक क्षतिका हिसाबले सबैभन्दा जोखिम वाग्मती प्रदेशको पहाडी क्षेत्रलाई देखाएको छ । सबैभन्दा कम जोखिम भएको क्षेत्रमा गण्डकी प्रदेशको हिमाली क्षेत्र देखिएको छ ।