site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राहदानीबाट चार करोड ४२ लाख राजस्व संकलन

दमौली । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा चार करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो आवमा जिल्लाबाट ६ हजार ६१९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । 

त्यस्तै, आठ हजार ८५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । 

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । 

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार ४७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार ८७८ लाई पेन्सन सिफारिस गरिएको छ ।  

कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा ७८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा ६ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro