site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्राप्ति बतास सम्मानित
Siddhartha BankSiddhartha Bank

काठमाडौं ।  नेपाल राष्ट्रिय मुवाथाई संघले शनिबार प्राप्ति बतासलाई सम्मान गरेको छ । भक्तपुरको नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तेस्रो साधारणसभाका अवसरमा उनलाई संघले सम्मान गरेको हो ।

बतासले मलेसियामा गत महिना सम्पन्न आईएफएफए वल्र्ड मुवाथाई ग्राण्डस्लाममा रजत तथा आईएफएमए युथ वल्र्ड च्याम्पियनसिपमा कास्यपदक जितेकी थिइन् । 

Agni Group
NIC Asia

प्राप्तिलाई वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मानपत्र र खादा लगाएर सम्मान गरेका हुन् ।

साधारणसभाले प्रादेशिक संरचनाको खेलकुद नीति अवलम्बन गर्दै विभिन्न प्रदेशमा संयोजक तोकेको छ । 

Global Ime bank

मुवाथाई संघले प्रदेश–१ मा भुपेश शाक्य, मधेस प्रदेशमा सन्तोस घलान, वाग्मती प्रदेश मनीष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा निलिम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu