site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग वाणिज्य संघलाई सम्मानित बनाउँदै आफ्ना प्रतिवद्धता पूरा गर्नेछु 

पोखरा उद्योग वाणिज्य संघको चुनाव आउन दुई दिनमात्र बाँकी छ । भदौ २४ र २५ गते संघको ३४औँ महाधिवेशन हुँदैछ । यसपटक उद्योग वाणिज्य संघको नेतृत्वको लागि दुईवटा समूह प्रतिष्पर्धामा छन् । प्रतिष्पर्धामा रहेका अध्यक्षका प्रत्यासीद्वयमध्ये पवन प्रजापती वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने अर्जुन पोखरेल चाहिँ वाणिज्यतर्फका उपाध्यक्ष हुन् । हालसम्म उद्योग वाणिज्य संघमा २ जना कर्पोरेटतर्फका सदस्यहरु निर्वाचित भइसकेका छन् भने पदाधिकारीसहित बाँकी सदस्य निर्वाचनमार्फत् चुनिनेछन् ।

पवन र अर्जुन विगतमा एउटै टिमबाट चुनाव लड्दै आएका पदाधिकारी हुन् । अघिल्लो निर्वाचनसम्म पनि यी दुवैजना एउटै प्यानलबाट वरिष्ठ र वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका थिए । अहिले पनि उद्योग वाणिज्य संघको चुनावको मिति तय भइसकेपछि पनि यी दुवैजना एउटै टिमबाट चुनाव लड्ने चर्चा व्यापक थियो । तर हुन सकेन ।
 

यो समूहभित्र एउटा अर्कै समूहले चलखेल गरेका सहमति हुन नसकेको जानकारहरु बताउँछन् ।सहमति कायम हुन नसकेपछि दुवैजना अध्यक्षको दौडमा छन् ।
 

निर्वाचनको मिति नजिकिँदै जाँदा दुवै टिमले प्रचारप्रसारलाई व्यापक बनाएका छन् । प्रस्तुत छ, आसन्न महाधिवेशनमा उमेदवारका आकांक्षी रहेका पोखरेलसँग गरिएको कुराकानी :

वरिष्ठ उपाध्यक्षमा तपाईंलाई आफ्नै टिमले निकालेपछि अध्यक्षमा उमेदवारी दिनुभएको हो भन्ने चर्चामा कत्तिको सत्यता छ ?

सिनियरको हिसाबले मैले अध्यक्षमा पवनजीलाई मानेकै थिएँ । अध्यक्षमा मैले मान्दामान्दै पनि वरिष्ठ उपाध्यक्षमा उहाँले तेस्रो व्यक्ति (गोकर्ण कार्की) लाई च्याप्नुभयो ।

यसकारण सहमति हुने कुरा भएन । अर्को कुरा जो, जसको विरुद्धमा पनि उठ्न पाउँछ । यो निर्वाचन हो । मैले पनि सोचविचार गरेरै अध्यक्षमा उमेदवारी दिएको हुँ ।

उद्योग वाणिज्य संघलाई सम्मानित बनाउनुपर्छ भन्ने मेरो योजना हो । म निर्वाचित भएपछि आफूले जनाएका प्रतिबद्धता पूरा गर्नेछु ।

उवासंघ व्यवसायीको संस्था हो भनिन्छ, तर यहाँहरु त आफ्नो उमेदवारी घोषणा गर्नुअघि र त्यसपछि नेताहरुलाई फोन गरेर साथ समर्थन माग्नुभयो भन्ने छ । यसले व्यवसायीको संस्थामाथि खुलमखुल्ला दलीय राजनीतिमा जोड्दा कत्तिको प्रभाव पर्छ त ?

दलप्रति सबैको आस्था हुनु स्वाभाविक नै हो । चुनावमा हामीले हाम्रै एजेण्डा अघि सारेका छौँ न कि दलको प्रचार गरेका छौँ । व्यवसायीको रक्षार्थ नै बनेको संस्थाले व्यवसायीको एजेण्डा नै अगाडि बढाउने हो । 

अर्कातर्फ धेरै साथीहरुको राजनीतिक आस्था हुन्छ नै । उहाँहरु पनि मतदाता हो नि त । त्यसकारण मैले, हाम्रो टिमले दलको प्रचारको लागि नभई मत माग्ने काम गरेका हौँ ।

मतदाता भेटिरहनुभएको छ, कत्तिको साथ मिलिरहेको छ त ?

शुक्रबार मात्रै हाम्रो टिमले मनोनयन गरेको छ । मनोनयन पश्चात पनि हामी मतदाताकै साथमा छौँ । 

उहाँहरुसँगै छौँ । गुनासा र समस्या सुनिरहेका छौँ । हाम्रो टिम देखेर धेरै व्यवसायीहरु उत्साहित हुनुभएको छ । उहाँहरुले ऊर्जा दिनुभएको छ । सक्षम र युवा नेतृत्व भन्दै साथीहरुले खुल्ला साथ र समर्थन दिनुभएको छ ।

तपाईंले अध्यक्षमा मत मागिरहँदा तपाईँ आफूले आफैँलाई यो पदमा योग्य हो भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ ?

म पछिल्लो दशकदेखि उद्योग वाणिज्य संघमा नै छु  । यो मेरो घर नै हो । यहाँका समस्या उठानदेखि लिएर समाधानमा सक्रिय छु । अर्कातर्फ म २०७१/७३मा सदस्य, २०७३/०७५ मा उपमहासचिव, २०७५/०७७मा महासचिव भएका हुँदै अहिले उपाध्यक्ष छु ।

उद्योग वाणिज्य संघमा मैले लिएको अग्रसरताका कारण नै मतदाता व्यवसायी साथीहरुले मलाई अहिलेको अवस्थामा पुर्‍याउनुभएको हो । उहाँहरुको विश्वासकै कारण म यो अवस्थामा छु ।

अब म जाने ठाउँ भनेकै नेतृत्वमा हो । मेरो विगतको नजीर नै म अध्यक्षको लागि योग्य छु भन्ने प्रमाण हो । 

दलीय प्रभाव पनि सुनिन्छ, त्यसका आधारमा चुनाव जित्न सहज होला ? 

कुनै समुदायको हुँदैमा त्यसले साम्प्रदायिक प्रभाव पार्छ जस्तो लाग्दैन । किनभने त्यो त व्यवसायीको संस्था हो ।

व्यवसायीको संस्थामा व्यवसायीका समस्या समान हुन्छन्, त्यहाँ साम्प्रदायिकता, दलीय प्रभावले काम गर्दैन । हामीले उठाएका एजेन्डा नै सबै मतदाता साथीहरुको साझा एजेन्डा हो । उहाँहरुकै समस्या उठान गरेपछि त यसले नै समाधान गर्छ भन्ने भइहाल्छ । त्यसकारण अन्य प्रभाव हुँदैन । एजेन्डाका आधारमा हामीले चुनाव जित्छौँ ।

अर्कातर्फ सदस्य हुँदै उपाध्यक्ष भइसकेपछि व्यवसायीको पक्षमा दरिलो उपस्थिति, गुनासोहरुको छरितो सम्बोधन र प्रतिबद्धता नै हाम्रो चुनाव जित्ने आधार हुन् ।

व्यवसायीको संलग्नता घट्नुका साथै साना मझौला व्यवसायी तथा उद्योगीहरु किन समेटिएका छैनन् ? 

पहिला निकै राम्रो थियो । बीचमा निर्वाचन हुँदै गर्दा निकै भड्किलो, दलगत उमेदवारी हुँदा थोरै घटेका हुन् । तर, अहिले फेरि आउन थालेका छन् ।

जस्तै पोखराको केसी ग्रुपको प्रवेश भएको छ । अरु पनि छन । ठूला उद्योगी साथै साना मझौला व्यवसायी पनि गरेर साझा घरको रुपमा लैजाऔँ भन्ने खालको कुराले पनि उमेदवारी दिएको हुँ ।

अहिले संघप्रति बढेको विकर्षणको अन्त्य गर्ने र बढाउनका लागि हाम्रो टिम अघि बढेको हो । हामीकँहा तीन तहका व्यापारी तथा उद्योगीहरु छन् । ती सबैको केन्द्र हो भन्ने खालको माहोल बनाउन आवश्यक छ । हामीले अब साझा घर र सबैको आकर्षणको थलो बनाउनेगरी जाने योजना बनाएका छौँ ।  

केसी ग्रुपको प्रवेशलाई कसरी हेर्नुहुन्छ ? 

एकदमै सकरात्मक । केसी ग्रुपको प्रवेशले अन्य ठूला जस्तो हिजो बतास, लक्ष्मी, कर्माचार्य, बाराही, गोशेलीलगायतका ठूला ग्रुपहरु हुनुहुन्थ्यो ।

उहाँहरु कार्यसमितिमा र कतिपय नेतृत्वतहमा पनि पुग्नुभयो । तर, बीचमा केही समस्या आयो । अब यी घरानाका दोस्रो पुस्ता र साना मझौलाका पनि दोस्रो पुस्ता आउने वातावरण बनेको छ । जसका लागि केसी ग्रुपको आगमनले स्वागत गरेको छ । 

समग्रमा यो मार्ग नै युवा लक्षित हुँदै गएकाले अब अग्रजलाइ सम्मान गरेर राख्ने दोस्रो पुस्ताले नेतृत्व हाक्ने देखियो । 

अहिले हामीले पनि त्यस्तै युवाहरुको टिम बनाएका छौँ । यसले सकरात्मक सन्देश दिएको छ र पहिलाकै जसरी ठूला र सना व्यवसायीहरु आउने मार्गमा जाने छ । यसको सुरुवात केसी ग्रुपले गरेको छ ।  

दशकौँदेखि संघमा हुनुहुन्छ, संघको भवन जीर्ण भएको छ । कार्यसमितिमै हुँदा काम किन गर्नुभएन ? 

यो भन्दा अघिको कार्यसमितिको वैठकमा नै मैले प्रस्ताव पेश गरेको हुँ । त्यतिबेला नै कसैलाई संयोजक बनाएर अघि बढौँ भन्ने कुरा गरेकै हुँ । 

तथापी विविध कारणले गर्दा त्यो कार्य अघि बढेन । अहिले तत्काली अध्यक्ष नारायण कोइराला पनि सकरात्मक हुनुहुथ्यो । निर्णय गरेर अगाडि बढ्नै लाग्दा कोभिड पनि आयो र अन्य समस्या पनि । जसले सोचेँ जस्तो हुन सकेन ।

यो चाहिँ म अध्यक्ष आउनेबित्तिकै सुरु हुन्छ । मैले मोडल पनि प्रस्तुत गरेको छु । सबैले अर्जुनले महत्वकांक्षी योजना ल्यायो भन्ने कुरा गरिरहेका छन् । समग्रमा कुरा के हो भन्दा त्यसलाई हामी योजनामा लैजान सक्छौँ । 

सोचले सुरुवात गर्छ, सुरुवातले गन्तव्यमा पुर्‍याउँछ । हामी ३ हजार २ सय जति सदस्य छौँ । सबैबाट आर्थिक सहयोग उठायौँ भने पनि २०/२२ करोड रुपैयाँ उठाउन सकिन्छ । हामीले २ तला अन्डरग्राउण्ड गरी पार्किङको रुपमा प्रयोग गर्ने, बिहान बेलुका उत्पादनका चिजहरु फार्म मार्केटको रुपमा विकास गर्ने, त्यसपछि तेस्रो र चौथो तला सपिङ कम्पेल्क्सको रुपमा भाडामा दिने र ठुलो हल निर्माण गरी कार्यक्रमहरु सञ्चालन गर्ने योजना छ । 

त्यसमा हामीले फेममात्रै बनाए हुन्छ । डेकोरेसन त व्यवसायीहरुले गर्नुहुन्छ । त्यसलाइ सहकारी वा सामुदायिक कम्पनीका रुपमा लान सकिन्छ ।

तपाईंलाई न व्यवसायीले मत किन दिने ? एजेन्डा के छन् ?

संघलाई ‘साझा घर’ बनाउने अभियान नै मूल एजेन्डा हो । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्नुपर्ने छ । 

पोखरालाई आधुनिक र व्यवस्थित सहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । 

अहिले संघ समुदायबाट टाढा भैरहेको छ । 

हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।

संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन बिक्री कक्ष निर्माण गर्ने हाम्रो प्रतिवद्धता छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro