site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस कांग्रेसमा जताततै विवाद : कतै कुटाकुट, कतै 'ज्यान मार्ने' धम्की !
SkywellSkywell

जनकपुरधाम । गत बिहीबार महोत्तरीमा कांग्रेस नेतृ ममता महतोमाथि दुर्व्यवहार भयो । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ समितिले प्रदेश सभा 'क'को उमेदवार सिफारिसका लागि डाकेको बैठकमा उनीमाथि कांग्रेसकै नेता तथा बलवा नगरपालिकाका निर्वतमान नगर प्रमुख विनोद यादवले दुर्व्यवहार गरेको नेतृ महतोको आरोप छ । समानुपातिकमा आफूले इच्छा राख्दा धम्कीपूर्ण भाषामा बोल्दै यादवले कुट्न खोजेको उनको दाबी छ ।

“प्रत्यक्षतर्फको अकांक्षीको काम सम्पन्न भएपछि खाजा खान सुरु भयो । त्यहाँ पनि उहाँले हाम्रो बुथ सभापति कौशल यादवलाई उक्साउने कुरा गर्नुभयो,” उनले भनिन्, “त्यसपछि समानुपातिकतर्फको नाम टिपोट गराउने बेलामा मैले आफ्नो इच्छा राख्दा उहाँ झर्केर बोल्न थाल्नुभयो । मेरो नजिक आएर दुर्व्यवहार गर्नुभयो ।” 

कांग्रेस जिल्ला सदस्य तथा नेविसंघका केन्द्रीय सदस्यसमेत रहेकी महतोले न्यायका लागि जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा निवेदनसमेत दिएकी छन् । निवदेनमा आफूलाई गालीगलौज तथा ज्यान मार्ने धम्कीसमेत दिएको उल्लेख छ । 

KFC Island Ad
NIC Asia

“बलवा नगरपालिका ११ बस्ने विनोद यादवले म निज निवेदीका ममता महतोलाई कपोकल्पित आरोप लगाई नारीको अस्मितामाथि आँच पुर्‍याउने प्रकारबाट तथानाम अपशब्दहरू प्रयोग गरी गाली गलौज गरेको यहाँहरूसमक्ष जानकारी गराउन चाहन्छु,” निवेदनमा लेखिएको छ, “प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनमा उमेदवारको दाबी गरे ज्यान मार्नेसम्मको डर, धाकधम्कीसमेत दिने कार्य गरेको र निजले सो दिन गरेको व्यवहार पार्टी अनुशासनविपरीत भएकाले निज विनोद यादवलाई हदैसम्मको कारबाही गरी पार्टीमा काम गर्ने वातावरण बनाउन अनुरोधसहित यो निवेदन पेस गरेको छु ।”

तर, पार्टीले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । विनोद यादवले नेतृ महतोमाथि स्थानीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाएका थिए ।

पार्टीले उक्त क्षेत्रबाट प्रतिनिधि सभातर्फ किरण यादवको एकल नाम सिफारिस गरेको छ । समानुपातिकमातर्फ सरोज कुमार यादव, ओमशंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्रकुमार झा, सिकली यादव गरी सातजनाको नाम सिफारिस गरिएको छ । 

प्रदेश सभाको प्रत्यक्षतर्फ 'क' मा नागेश्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिकतर्फ रामछबिला यादव, विनोद यादव, चण्डेश्वर मन्डल र भरत मण्डलको नाम सिफारिस गरिएको छ । त्यसैगरी 'ख' मा प्रत्यक्षतर्फ मन्जुकुमारी यादव, लक्ष्मणप्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिकतर्फ नागेन्द्र शर्मा, राम कृपाल यादव, उमेश पासवान र श्यामा देवी पासवान सिफारिसमा परेका छन् ।

धनुषामा कुटाकुट 

शनिबार धनुषा निर्वाचन क्षेत्र २ को बैठकमा दुई पक्षबीच कुटाकुट नै भयो । नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र मुक्ता यादवका सर्मथकबीच सिफारिसकै विषयमा विवाद भएपछि कुटाकुट भएको थियो । दुवै पक्षधरले आआफ्नो सर्मथकको एकल नाम सिफारिस हुनुपर्ने अडान राखेका थिए । 

क्षेत्रीय कमिटीको बैठकमा स्वयम् उपस्थित भएका रामकृष्णले मुक्ता यादवलगायत उनको सर्मथकलाई अन्तिमपटक आफ्नो एकल नाम सिफारिस गरेर सहयोग गर्न अनुरोध गरेका थिए । तर, मुक्ता यादवले दुवैजनाको नाम सिफारिस हुनुपर्ने अन्यथा रामकृष्ण समानुपातिकमा जानुपर्ने अडान लिइन् ।

“गर्ने हो भने प्रत्यक्षतर्फ दुवैजनाको नाम सिफारिस गरौँ । केन्द्रले जसलाई टिकट दिन्छ स्वीकार गरौँला,” मुक्ताको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, “होइन भने रामकृष्णजीको एकल नाम सिफारिस हुँदैन ।”

विवाद भएको दुई दिनपछि क्षेत्रीय कमिटीले दुवैजनाको नाम सिफारिस गरेका छन् । रामकृष्ण ०६४ र ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका उमेदवारलाई पराजित गरे विजयी भएका थिए । उनी ०७४ को निर्वाचनमा भने तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उमेदवारी दिएका उमाशंकर अरगरियासँग पराजित भएका थिए ।

 

मुक्ता यादव दोस्रो संविधानसभामा समानुपातिक सदस्य र ०७४ सालमा राष्ट्रियसभा सदस्य थिइन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा यी दुवै नेता उमेदवार थिए । रामकृष्ण सहमहामन्त्रीमा पराजित भएका थिए भने मुक्ता केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित भएकी थिइन् ।

सिरहामा नाम सिफारिसमा 'गुटबन्दी'

सिरहा क्षेत्र नम्बर ३ मा एउटै कमिटीले फरकफरक नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहले अलगअलग उमेदवार सिफारिस गरेका छन् । भदौ १४ गते बसेको देउवा समूहको बैठकले जिल्ला सभापति रामचन्द्र यादवलाई उमेदवार सिफारिस गरेको थियो । उनी उमेदवार सिफारिस भएको दुई दिनपछि पौडेल समूहका सीतादेवी यादव र उनकै छोरा डा. सुभाषचन्द्र यादवलाई सिफारिस गरिएको छ ।

दुई खालको सिफारिसले पार्टीभित्र विवाद बढेको छ ।

सर्लाहीमा पनि विवाद

सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएपछि विवाद भएको छ । सोमबार क्षेत्रीय कार्य समितिले सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभामा निर्वाचित सांसद अमरेश सिंहको ठाँउमा थापाको नाम सिफारिस गरी जिल्ला कमिटीलाई पठाएको छ ।

सिंहलाई असार ४ गते मधेस प्रदेश कमिटीले निलम्बन गरेको पत्रको अधारमा सिफारिस नगरेको बताइएको छ । यद्यपि गगन थापाले भने आफू काठमाडौं ४ बाटै चुनाव लड्ने बताइसकेका छन् । 

०७४ मा सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित भएका थिए । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए । यस क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि ४ (क) को प्रत्यक्षमा मधेस प्रदेशका पार्टी उपसभापति वीरेन्द्रप्रसाद सिंहको नाम एकल सिफारिस भएको छ । ४ (ख)मा अधिककुमार सिंह, अशोककुमार सिंह र नरेन्द्र रायको नाम सिफारिस भएको छ । सर्लाही कांग्रेसमा लामो समयदेखि विवाद चलिरहेको छ । जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह सभापति शेरबहादुर देउवा पक्षीय हुन् भने सांसद अमरेशकुमार नेता शेखर कोइराला पक्षका हुन् ।

'सरल विधिबाट समाधान हुन्छ'

नेपाली कांग्रेस मधेस प्रदेश कमिटीका सभापति कृष्णा यादवले क्षेत्रीय कमिटीबाट नाम सिफारिसको काम सम्पन्न भइसकेको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय कमिटीले पठाएका नाम जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा आएर केन्द्रमा पठाइनेछ । जिल्ला कमिटीबाट सिफारिसहरू आउने क्रम जारी रहेको उनको भनाइ छ ।

सिफारिसका लागि देखिएको विवाद प्रदेश कमिटीले छलफल गरी टुंगो लगाउने उनले बताए । केही ठाउँमा देखिएको विवादलाई उनले समान्य रहेको बताए । सो विवाद प्रदेश कमिटीमै मिल्ने उनको विश्वास छ । “सबै जिल्लाबाट सिफारिस भएका नामहरू आइसकेपछि प्रदेश कमिटीको बैठकमा छलफल हुन्छ । विवाद देखिएको ठाउँमा प्रदेश समितिले सरल ढंगबाट समाधान गर्छन्,” उनले भने, “लोकतान्त्रिक विधिबाट प्रदेश कमिटीले समाधान गर्न नसक्दा केन्द्रीय कमिटीमा पठाउँछौँ ।”

गठबन्धन र अकांक्षी बढी हुँदा विवाद

रामस्वरूप बहुमुखी क्याम्पस (राराब)का राजनीतिशास्त्रका प्राध्यापक रामु साह चार कारणले मधेस कांग्रेसको उमेदवार सिफारिसमा विवाद देखिएको औँल्याउछन् । गठबन्धन, अकांक्षी बढी, एक–अर्कालाई स्वीकार नगर्नु र जनता सचेत नहुँदा विवाद देखिएको उनको विश्लेषण छ ।

“महत्त्वकांक्षी बढी भए । त्यसमा पनि गठबन्धन हुँदा अवसरै नपाउने भयले पनि कतिपय ठाउँमा विवाद देखिएको छ,” उनले भने, “एक–अर्कालाई स्वीकार गर्ने नेताहरूमा बानी पनि छैन, मात्रै लोभ र स्वार्थ छ ।”

नेताहरूले सेवा बनाउनुपर्ने राजनीतिलाई व्यवसाय बनाएको उनको तर्क छ । जनता पनि सचेत नहुँदा नेताहरूमा यस प्रकारको विकृति देखिएको उनले बताए । नागरिक सचेत भए मात्र दलहरू सुध्रिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro