site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
जब मित्रनगरका अवैध संरचनामा 'बालेनको डोजर' चल्यो (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा मित्रनगरको सडक किनाराका अवैध संरचना भत्काउन महानगरले डोजर चलाएको छ । पटकपटक अवैध संरचना भत्काउन निर्देशन दिएपनि व्यापारीहरूले अटेर गरेपछि सोमबार महानगरले डोजर चलाएको हो ।

Gongabu ma Dojar Balen Dozer (20)1662376860.JPG

व्यापारीहरूले सटर अगाडि बनाएका अवैध संरचना आफैँले नहटाएपछि डोजर लगाउनुपरेको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरले अवैध रूपमा राखिएका होर्डिङ बोर्ड, बार्दली, झुपडीलगायतका संरचना भत्काएको हो ।

Gongabu ma Dojar Balen Dozer (19)1662376859.JPG

अवैध संरचना भत्काउने क्रममा नयाँ बसपार्कको ३ नम्बर गेटको अवैध संरचना नभत्काई अगाडि बढ्दा व्यापारीहरूले केही समय अवरोध गरेका थिए । त्यसपछि महानगरको टोलीले उक्त गेटमासमेत डोजर लगाएको थियो ।

Gongabu ma Dojar Balen Dozer (18)1662376858.JPG

मित्रनगरस्थित सडकका अवैध संरचना भत्काइरहँदा मेयर बालेन शाहका समर्थकले नाराबाजीसमेत गरिरहेका थिए ।

काठमाडौं महानगरले भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ ।

Gongabu ma Dojar Balen Dozer (17)1662376857.JPGGongabu ma Dojar Balen Dozer (16)1662376856.JPGGongabu ma Dojar Balen Dozer (14)1662376855.JPGGongabu ma Dojar Balen Dozer (15)1662376855.JPGGongabu ma Dojar Balen Dozer (13)1662376854.JPGGongabu ma Dojar Balen Dozer (12)1662376853.JPGGongabu ma Dojar Balen Dozer (11)1662376852.JPGGongabu ma Dojar Balen Dozer (10)1662376851.JPGGongabu ma Dojar Balen Dozer (9)1662376849.JPGGongabu ma Dojar Balen Dozer (8)1662376849.JPG

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्