site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई बाबुरामको सुझाव– माओवाद छाडेर पार्टी विघटन गर्नुस्, त्यसपछि मात्र सहकार्य गरौंला
SkywellSkywell

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराइले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी विघटन गर्न सुझाव दिएका छन् ।

उनले नेपालमा अब माओवाद नचल्ने भएकाले यसको औचित्य समाप्त भएको बताउँदै माओवादी छाडेर पार्टी विघटनपछि पुनः सहकार्य हुन सक्ने बताएका हुन् ।

बिरामी भेट्न केहीदिन अघि निवास पुगेका प्रचण्डलाई पनि त्यही सुझाव दिएको भट्टराईले बताए ।

Dabur Nepal
NIC Asia

“माओवादी जनयुद्धप्रति मलाई गर्व नै छ,” सोमबार बेलुका केही पत्रकारमाझ भट्टराईले भने, “तर अब नेपालमा माओवादीको औचित्य सकियो । माओवादीको फौजीपाटोसम्म ठिकै थियो । त्यसले गणतन्त्रसम्म ल्याइपुर्यायो । अब त्यसको औचित्य छैन । राजनीतिक रुपमा पनि अब माओवाद बाँकी देखिँदैन । वहुदलीय प्रतिष्पर्धामा जाने अनि कसरी माओवाद ?”

प्रचण्डले माओवाद छाडेर पार्टी विघटन गरेमा नयाँ ढंगले सम्बन्ध अघि बढाउन सकिने बताए ।

“अब तपाइँले माओवाद छाड्नुपर्छ भनेर भनेको छु,” भट्टराईले प्रचण्डलाई दिएको सुझाव स्मरण गर्दै भने, “तपाइँले अब माओवाद छाड्नुस्, यसको औचित्य पनि सकियो । त्यसपछि माओवादी केन्द्र विघटन गर्नुस् र नयाँ सम्बन्धले अघि बढौं ।”

भट्टराईले अहिले माओवादी केन्द्रमा जाने कुनै सम्भावना नै नरहेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्ता हल्ला बेला बेला चलाउने गरेको पनि बताए ।

गोरखाबाटै चुनाव लड्ने, अर्को चुनावमा निर्णायक शक्ति बन्ने 

\"\"

डा. भट्टराईले आफू संघीय चुनावमा गोरखा क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने बताए । उनले अबको चुनावमा क्वाटर र सेमिफाइनलको यात्रा गर्ने बताउँदै अबको ४ वर्षपछि हुने चुनावमा निर्णायक शक्ति बन्ने दाबी गरे ।

“म गोरखाको क्षेत्र नम्बर २ बाटै चुनाव लड्छु,” उनले भने, “अहिले हामी निर्णायक शक्ति हुँदैनौं । तर सम्मानजनक उपस्थिति हुनेछ । अहिले क्वाटर र सेमिफाइनलमा पुग्छौं । अर्कोपटक निर्णायक शक्ति भएर फाइनलमा प्रतिष्पर्धा गर्छौं ।”


२ नम्बरमा विवाद हुँदा देवेन्द्र पौडेल र रामचन्द्र झा बाहिरिए 

डा. भट्टराईले आफूपछिको दोस्रो तहको नेता को हुने भन्ने विवाद भएका कारण देवेन्द्र पौडेल र रामचन्द्र झा बाहिरिएको खुलासा गरे । “उहाँहरु को २ नम्बरमा भन्ने झगडाकै कारण बाहिरिनुभएको हो,” उनले भने, “दुवैको झगडा त्यसकै लागि थियो तर दुवै जना रहनुभएन ।”
उनले अब परिवर्तन हुन नसक्ने व्यक्तिहरु बाहिरिएको बताए ।

“विरुवा हुर्कँदा पुरानो बोक्रो झर्छ, बच्चाको पनि सानोमा दाँत झरेर नयाँ आउँछ,” भट्टराईले उदाहरण दिँदै भने, “रुपान्तरित हुन नसक्ने व्यक्तिहरु बाहिरिएका हुन् । अब नयाँ शक्ति तीव्र गतिमा अघि बढ्न सहज पनि भएको छ ।”

भारतले नेपालको विकास चाहँदैन 
\"\"

डा. भट्टराईले भारतले कहिले पनि नेपालको विकास नचाहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भारतले खाली आफ्नो सुरक्षाको दृष्टिले मात्रै नेपाललाई हेरेको बताए ।

“हिमालको सेरोफेरो, सुरक्षाको घेरो भन्दामाथि भारत उठ्न सकेन । लगानी ल्याएर पनि नेपालमा प्रभाव बढाउन सकिन्छ भन्ने कुरा भारतले बुझेन । भारतीय सत्तापक्षको बुझाइ सधैँ नेपालमा खेलेर आफ्नो शक्ति कायम राख्न सकिन्छ भन्ने मात्रै भयो ।”

भारतको परनिर्भरताबाट मुक्त नभएसम्म नेपालको विकास हुन नसक्ने उनको जिकिर थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu