site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन सकिन्न : रामचन्द्र पौडेल
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन कायम नभए नेपाल पनि श्रीलंकासरह हुने बताएका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताए । 

उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे । वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन नसक्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि बताए । व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै उनले देशमा स्थिरता कायम गर्नुपर्नेमा जोड दिए । 

"आज सवाल राष्ट्रको छ । यो धेरै भयो, सवाल राष्ट्रमा राजनीतिक स्थिरताको छ । देशमा सुशासनको सवाल छ, यो मुलुक रहने, नरहने, यो मुलुकको अर्थतन्त्र कसरी धानिएर अघि बढ्ने, धेरै सवालहरूमा यो देशको जुन ब्युरोक्रेसी छ, यो स्थायी सरकारको ठुलो जिम्मेवारी हुन्छ । आज हामीले मुलुकलाई सुशासन दिन सकेनौँ भने मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सक्दैनौँ । विकास गर्न सक्दैनौँ । विकास नभए मुलुक धान्न सक्दैनौँ । पहिलो कुरा त यो संविधान जुन ल्याएका छौँ, कार्यान्वयनमा ल्याउनैपर्छ । व्यवस्थालाई पटकपटक बदलेर प्रयोगको थलो नेपाललाई बनाउन सकिन्न । यसलाई पहिला स्थिरता दिनुपर्छ," उनले भने । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro