site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीको संघर्षपूर्ण जित, टोटनहम दोस्रो स्थानमा उक्लियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेस्ट ह्यामका म्याक्सवेल कोर्नेटले अन्तिम समयमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता नदिएपछि चेल्सी शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा २–१ ले विजयी भएको छ ।

चेल्सीको घरेल मैदान स्टामफोर्ड ब्रिजमा वेस्ट ह्यामले ६३औँ मिनेटमा मिचाइल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । ७६औँ मिनेटमा चेल्सीका बेन चिलवेलले बराबरी गोल फर्काए । चिलवेलकै पासमा काई हाभार्टजले ८८औँ मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता बनायो ।

अन्तिम मिनेटमा वेस्ट ह्यामका कोर्नेटले बराबरी गोल फर्काएका थिए । तर, उनको गोललाई भीएआरले पहिले नै फाउल गरेको घोषणा गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

चेल्सी अघिल्लो खेलमा साउथह्याम्पटनसँग २–१ ले पराजित भएको थियो । ६ खेलबाट १० अंक जोेडेको चेल्सी पाँचौँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट चार अंकका साथ १७औँ स्थानमा छ । 

शनिबारै फुलहमलाई २–१ ले हराउँदै टोटनहम दोस्रो स्थानमा उक्लिएको छ । टोटनहमले घरेलु मैदानमा पिइरे–इमिल होजबर्गले गरेको गोलबाट ४०औँ मिनेटमा अग्रता लिएको थियो । ७५औँ मिनेटमा ह्यारी केनले टोटनहमको अग्रता दोब्बर बनाए । खेल सकिन सात मिनेट बाँकी हुँदा एलेक्जेन्डर मित्रोभिकले गरेको गोल फुलहमका लागि सान्त्वना बन्यो ।

Global Ime bank

जितपछि टोटनहमले ६ खेलबाट १४ अंक जोडेको छ । त्यो शीर्ष स्थानको आर्सनलभन्दा एक अंकले पछाडि हो ।

आर्सनलले आइतबार राति म्यानचेस्टर युनाइटेडको भ्रमण गर्नेछ । टोटनहम म्यानचेस्टर सिटीभन्दा एक अंकले माथि छ । सिटीले आजै एस्टन भिल्लाविरुद्ध खेल्दै छ । सिटीले एस्टन भिल्लालाई हराएमा टोटनहम तेस्रो स्थानमा पुग्नेछ ।

शनिबारै अरू खेलमा इभान टोनीले ह्याट्रिक गरेपछि बेन्टफोर्डले लिड्स युनाइटेडलाई ५–२ ले पराजित गरेको छ । बर्नमाउथले सानदार पुनरागमन गर्दै नटिङघम फरेस्टलाई ३–२ ले हरायो । बर्नमाउथले २–० ले पछि परेको स्थिति उल्टाउन सफल भएको हो ।

न्युक्यासल युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । उल्भरह्याम्पटनले साउथह्याम्पटनलाई १–० ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement