site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘दोनेत्स्कमा नयाँ ढंगले हमला गर्ने सोचमा रुस’
Siddhartha BankSiddhartha Bank

रुस (मस्को) । एकजना वरिष्ठ युक्रेनी सैनिक अधिकारीले रुसी फौजले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा आक्रमण गर्न पुनः समूह विभाजन गरिरहेको बताएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजलाई आगामी १५ सेप्टेम्बरसम्ममा दोनेत्स्क क्षेत्रको प्रशासनिक सिमानामा पुग्न आदेश दिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इन्टरफ्याक्सका अनुसार युक्रेनी अधिकारी ओेलेक्सि ग्रोमोभले रुसले आफ्नो थर्ड आर्मी कोप्र्सलाई दोनेत्स्कका मामिला सम्हाल्ने जिम्मा दिने प्रयास गर्ने बताएका छन् । 

ग्रोमोभले भनेका छन्, “हामीले रुसको यो युनिटको त्यहाँ हुने सहभागितालाई दोनेत्स्कतर्फ प्रहार गर्ने प्रयाससँग प्रत्यक्ष जोडेर हेरिरहेका छौँ । शत्रु पक्षले आफूले कब्जा गरेका खार्किभ, लुहान्स्क, दोनेत्स्क, जापोरिझिया, खेर्सन र माइकोलाइभ क्षेत्रमा नियन्त्रण कायम राख्दै पुनः आक्रमण थाल्न उपयुक्त वातावरण सिर्जनाका लागि पनि प्रयास गरिरहेको छ ।”

Global Ime bank

एकजना वरिष्ठ अमेरिकी रक्षा अधिकारीले भनेका छन्, “तर, युक्रेनी फौजलाई परास्त गर्न रुसले दोनेत्स्कमा पठाउन चाहेको फौज त्यति प्रभावकारी हुन्छन् नै भन्ने छैन ।” 

पछिल्ला दिनहरूमा आफ्नो फौजको संख्या बढाउन रुसले उमेरको हदबन्दीलाई समेत वेवास्ता गर्नुका साथै बन्दीहरूलाई पनि विभिन्न प्रलोभन देखाएर सेनामा भर्ती गरिरहेको छ ।

डेली बिस्टबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  २३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय