site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले बाढी-पहिरो प्रभावित स्थानीय तहमा रकम निकासा गर्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले बाढी–पहिरो प्रभावित स्थानीय तहमा रकम निकासा गर्ने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५ औँ बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले यस वर्ष र गत वर्षको बाढी–पहिरोले गम्भीर क्षति पुगेका चारवटा स्थानीय तहमा आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ ।

समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बिहान बसेको बैठकले उदयपुरको बेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेल्धुराको गन्यापधुरा नगरपालिकालाई ३ करोड १४ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउन अनुमति दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्राधिकरणले ती स्थानीय तह एवं संघीय सरकारका विभिन्न निकायको सहयोगमा क्षतिको विस्तृत आकलन गरिसकेको बैठकमा जानकारी दिइएको थियो । साथै, गत वर्ष संकटग्रस्त घोषणा भएका र माग भई आएका अन्य क्षेत्रहरुको भौगर्भिक अध्ययन निरन्तर गर्दै आएको प्राधिकरणले जनाएको छ । 

बैठकले गृह मन्त्रालयबाट विभिन्न जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा २०७८ माघ १४ देखि २०७९ असार ३२ सम्म निकासा भएको ६ करोड ४५ लाख रुपैयाँलाई समेत अनुमोदन गरेको छ ।

Royal Enfield Island Ad

त्यस्तै, बैठकले गत वर्षदेखि भूकम्पबाट प्रभावितहरुको निजी आवास पुनर्निर्माण, प्रवलीकरण तथा  पुनःस्थापनाका लागि ‘भूकम्प प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि’अन्तर्गत आगामी बैठकमा पेस गर्न प्राधिकरणलाई सहमति दिएको छ ।

त्यसैगरी, बैठकले बहुप्रकोपीय विपद्बाट प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि एकीकृत कार्यविधि तर्जुमा गर्न पनि प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ । हाल मनसुनजन्य र अगलागीजन्य विपद् प्रभावितका लागि उक्त अनुदान कार्यविधि कार्यान्वयनमा रहेको छ । 

तर भूकम्प, सुख्खा पहिरो, हिमपहिरो, हात्ती आक्रमण, हुरीबतास जस्ता विपद्बाट क्षति भएका निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना गर्न यी कार्यविधिले समेट्न सकेको छैन ।

गृहमन्त्री खाँणले विपद्बाट क्षति पुगेका सम्बन्धित स्थानीय तहलाई नै व्यवस्थापनको जिम्मा दिने नीति लिइएकोले स्थानीय तहसँग समन्वय गर्न र प्राविधिक सहयोग पुर्याउन प्राधिकरण, नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा विभागलाई निर्देशन समेत दिएका छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बैठकका एजेण्डा पेस गर्दै बाढी तथा पहिरोका कारण जोखिममा रहेका र क्षति व्यहोरेका स्थानीय तहमा केही रकम पठाएर काम गर्नसक्दा ठूलो जोखिमको खतरा टार्न सकिने बताए ।

बैठकमा विभिन्न मन्त्रालयका सचिव, तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरु एवं नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro