site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राज्यकोषको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका छन् । 

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका हुन् । उनले सरकारले विपद् जोखिम न्यूनीकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागु हुने भन्दै प्रचलित कानुनअनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए । उनले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गरे । 

उनले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताए । मन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भीरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिए । 

Global Ime bank

गृहमन्त्री खाँणले यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताए । उनले विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भए पनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताए । 

विपद् व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement