पोखरा । पोखरा लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत फाइनल खेल रद्द भएको छ । निरन्तरको वर्षातका कारण खेल खेलाउन कठिन भएपछि आयोजकले प्रतियोगिता रद्द गरेको हो ।
जसका कारण पुरुष भलिबलतर्फका दुई खेल हुन सकेनन् । आयोजक नवआदर्श सामुदायिक विकास समाजका अनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार हुने तय भएको थियो ।
संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीकाअनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र दोस्रो पुरस्कारबापत जोडेर हुने कुल दुई लाख ५० हजार २२२ रुपैयाँ आधा आधा बाँडेर लिएका छन् ।
तेस्रो स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफको टिमले तेस्रो स्थानबापत प्राप्त हुने ५० हजार १११ रुपैयाँ बाँडेर लिए ।