site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
मिटर ब्याज पीडितहरूको बालुवाटार मार्चपास (तस्बिरहरू)

काठमाडौं । देशका विभिन्न जिल्लाबाट आएका मिटर ब्याज पीडित किसानहरूले काठमाडौंको माइतीघर मण्डलादेखि बालुवाटारसम्म मार्चपास गरेका छन् ।

करिब एक महिना अगाडि नवलपरासी पश्चिमका ६२ जना मिटर ब्याज पीडित किसानहरूले माइतीघर मण्डलमा धर्ना तथा विरोध कार्यक्रम थालेका थिए । तर, माग पूरा नभएपछि उनीहरूले माइतीघरदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्षौंदेखि मिटर ब्याजको चङ्गुलमा फसेका पीडित किसानहरू न्यायका लागि दोस्रोपटक काठमाडौं आएका थिए । तर, आफूहरूका मागमा सरकार संवेदनशील नभएपछि मार्चपास गर्नुपरेको पीडितहरूको संगठन मजदुर संघर्ष समितिले जनाएको छ ।

उनीहरूले विभिन्न ६ बुँदे माग राखेर धर्ना तथा विरोधका कार्यक्रम गर्दै आएका छन् ।

Meter Byaj Pidit (1).jpgMeter Byaj Pidit (2).jpgMeter Byaj Pidit (3).jpgMeter Byaj Pidit (4).jpgMeter Byaj Pidit (5).jpgMeter Byaj Pidit (6).jpgMeter Byaj Pidit (7).jpgMeter Byaj Pidit (15).jpgMeter Byaj Pidit (16).jpgMeter Byaj Pidit (11).jpgMeter Byaj Pidit (12).jpgMeter Byaj Pidit (13).jpgMeter Byaj Pidit (14).jpgMeter Byaj Pidit (15).jpgMeter Byaj Pidit (16).jpgMeter Byaj Pidit (18).jpgMeter Byaj Pidit (19).jpgMeter Byaj Pidit (20).jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्