site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपत्यकाको फोहोर व्यवस्थापन अध्ययनका लागि छिमेकी नगर निरीक्षणमा बालेन
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उपत्यकाको फोहोर व्यवस्थापन आफ्नै क्षेत्रमा गर्न अध्ययनका लागि छिमेकी नगरपालिका गएका छन् । 

उनी आज गोकर्णेश्वर नगरपालिका पुगेका हुन् । त्यसपछि उनी मध्यपुर थिमी नगरपालिका पुग्ने महानगरले जनाएको छ ।

Agni Group
NIC Asia

उनी नगरपालिकामा भएका खालि जग्गा निरीक्षण तथा व्यवस्थापन गर्न सकिने नसकिनेबारे निरीक्षण गर्न गएका हुन् ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयले पटकपटक अवरोध गर्दा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन सकेको छैन ।

Global Ime bank

आफ्नै क्षेत्रमा दैनिक ६०० मेट्रिक टन फोहोर व्यवस्थापन गर्ने योजनाअनुसार बालेन निरीक्षणमा निस्किएको महानगरले जनाएको छ ।

यसअघि महानगरले कीर्तिपुर नगरपालिकामा कुहिने फोहोर व्यवस्थापनका लागि जग्गा भेटाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu