site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको मिसिसिपीमा खानेपानीको हाहाकार 
SkywellSkywell

अमेरिका । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव भएको छ । 

अत्यधिक वर्षा र बाढीका कारण भरपर्दो दैनिक पिउने पानीकाे पहुँचबाट उनीहरू अनिश्चित रूपमा टाढिएका छन् । 

गत सप्ताहान्तमा आएकाे बाढीको कारण सहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो । 

Dabur Nepal
NIC Asia

पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । केही समयका लागि विद्यालय, रेस्टुरेन्ट र व्यापार व्यवसायहरू बन्द गरिएका छन् । 

तर, स्थानीय बासिन्दाहरूलाई प्रशोधन नगरिएको पानी पाइपमार्फत आपूर्ति गरिएको जानकारी दिइएको छ । 

नगर र राज्य दुवैले जनतालाई पिउनका लागि बोटलको र ट्याङ्करमार्फत पानी उपलब्ध गराइरहेका छन् । 

ज्याक्सनका बासिन्दालाई पानी उमालेर मात्रै पिउन पनि सल्लाह दिइएको छ । 

पर्ल नदीको बाढीको पानी उर्लेर सडकसम्म पुग्न थालेपछि पानी प्रशोधन केन्द्र प्रभावित भएको थियो । 

सो केन्द्रले दैनिक रूपमा १९ करोड लिटर पानी प्रशोधन गर्दै आएको थियो । 

विज्ञहरूले जलवायु परिवर्तन समस्याका कारण ज्याक्सनमा अति वर्षा जस्ता घटना हुन थालेको बताउँछन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu