site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुस भन्ठानेर भाँडा माझ्ने झाेल पिलाउँदा एक वृद्धाकाे मृत्यु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

अमेरिका (सान माटियो) । अमेरिकाको क्यालिफोर्नियास्थित एउटा वृद्ध आश्रममा जुस भन्ठानेर भाँडा माझ्ने रासायनिक झोल पिलाउँदा एकजना वृद्धाको मृत्यु भएको छ । 

स्मरण क्षमता गुम्ने समस्याबाट पीडित महिला गट्रुड एलिजावेथ मुरिसन म्याक्जवेलको मृत्यु भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सान माटियोको एट्रिया पार्क सिनियर लिभिङ फ्यासिलिटीमा बस्दै आएकी उनी लगायत तीनजना महिलालाई गल्तीवश त्यही झोल जुस भनेर पिउन दिइएको थियो । 

क्रोन टेलिभिजनकाअनुसार कास्टिक तरल पदार्थ पिउन पुगेका उनीहरूलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । 

Royal Enfield Island Ad

वृद्धाश्रमले यस घटनामा संलग्न कर्मचारीहरूलाई निलम्बन गरिएको तथा अनुसन्धान कार्यमा स्थानीय निकायलाई आवश्यक सहयोग प्रदान गरिएको जनाएको छ । 

एउटा सुत्रले अंगुरको जुस र यस तरल पदार्थ हेर्दा उस्तै देखिने गरेको एनबीसी बे एरियालाई बताएको छ । एउटा जगमा राखिएको अखाद्य तरल पदार्थलाई कसैले जुस ठानेर गिलासमा भरेर बाँडेको हुनुपर्ने बताइएको छ । उनीहरूलाई दिइएको अल्कालिन तरल पदार्थले मानव शरीरको प्रोटिन नष्ट गर्छ । 

आफैँ खान समेत नसक्ने अवस्थामा रहेकी मृतक म्याक्ज्वेलका आठ छोराछोरी र बीसजना नातिनातिना छन् ।  

न्यूयोर्क पोस्टबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro