site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । आपूर्तिमन्त्री शिव कुमार मण्डलले नजिकिँदै गरेको दशैंको अवसर पारेर काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा तथा जुत्ताको शोरुममा छापा मारेका छन् । सोमबार मन्त्री मण्डलको नेतृत्वमा भएको अनुगमनका क्रममा पसलहरुले कपडा, जुत्ता तथा अन्य फेन्सी सामानमा १० गुणाभन्दा बढी नाफा खाएको पाइएको छ । यसरी अत्यधिक नाफा खाने दरबारमार्गका ४ वटा ब्रान्डेड पसलमा शिलबन्दी गरिएको छ । 

दबारमार्गका नाइक, पुमा, वेन्टली र स्टोर वान ब्राण्डका पसलमा शिल गरिएको छ । आपूर्ति मन्त्रालयले दिएको जानकारीअनुसार ती पसलहरुले २६ सयको फेन्सी सामान २६ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । दरबारमार्गको नाइकको शोरुममा ४ हजार ७ सयको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा बिक्री गर्दै गरेको आपूर्ति मन्त्रीसहितको टोलीले फेला पारेको थियो ।

KFC Island Ad
NIC Asia

त्यस्तै, ठमेल स्थितनर्थफेसको शोरुममा पनि छापा मारिएको थियो । त्यहाँ समेत केही कैफियत भेटिएपछि केही दिनभित्रै आवश्यक कागजात आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाउन निर्देशन दिइएको छ । 

अनुगमनका क्रममा मन्त्री मण्डलले उपभोक्ता ठगी गर्नेलाई नछोड्ने बताए । मन्त्री मण्डलले ती शिलबन्दी गरिएका शोरुमको थप अध्ययन गरी कारबाहीको प्रक्रिया अघि बढाउन विभागलाई निर्देशन दिएका छन् । 

अनुगमन टोलीले राजधानीका ७ मुख्य व्यापारिक केन्द्रहरुमा छापा मारेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro