पेरिस । विमानको ककपिटभित्रै मुक्कामुक्की गर्ने एयर फ्रान्सका दुईजना पाइलटलाई निलम्बन गरिएको छ ।
स्विस न्युज आउटलेट ला ट्रिब्युनकाअनुसार गत जुनमा स्विजरल्यान्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसतर्फ उडिरहेको एयरबस ए ३२० मा पाइलट र को–पाइलटबीच कुटाकुट भएको थियो ।
झगडा भएको आवाज सुनेपछि क्याविन क्रुले हस्तक्षेप गरी उनीहरूलाई छुट्याएका थिए । त्यसपछि सो विमान सुरक्षित ढंगले अवतरण नहुने बेलासम्म चालकदलका एकजना सदस्य ककपिटमै बसेका थिए ।
एयरलायनले सो घटनाको कारण उडान प्रभावित नभएको ला ट्रिब्युनलाई बताएको छ ।
फ्रान्सेज एयरको अनुसन्धान निकायले मंगलबार एउटा प्रतिवेदन सार्वजनिक गरेपछि बल्ल यो घटना बाहिर आएको हो ।
उक्त निकायले एयरलाइनको संस्कृतिको सुरक्षा प्रक्रियाहरूमा कडाइको अभाव रहेको जनाएको छ ।
बीबीसीबाट ।