खेल
![लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन हुने](https://12khari.top/uploads/posts/300072258_386135573702171_8604135995253163325_n1661753032.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । यही भदौ २५ गते ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता–२०७९’ हुने भएको छ ।
नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको दौड बिहान ६ बजे लिगलिगकोटबाट सुरु हुनेछ ।
प्रतियोगितामा भाग लिन रजिष्ट्रेसन फाराम दर्ता गराउनुपर्नेछ । क्यूआर कोडमार्फत अनलाइन रजिष्ट्रेसन गर्न सकिनेछ । यस्तै, रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिका कार्यालयबाट फाराम खरिद गरी दर्ता गराउन सकिने सेनाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्