site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाम्रो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हो : माधव नेपाल
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले कम्युनिस्ट पार्टी जनताका लागि र समाजमा परिवर्तन गर्न गठन हुने भएकाले परिवर्तनका लागि जनताको हितमा काम गर्दै अघि बढ्न निर्देशन पनि दिए । त्यस्तै उनले निस्वार्थ भावनाले काम गर्न र व्यक्तिवाद हाबी हुन नदिन सुझाव पनि दिए ।

मंसिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीलाई जिताउनका पार्टीको एजेन्डा लिएर जान उनले निर्देशन दिए ।

Global Ime bank

अध्यक्ष नेपालले परिणाम नआएसम्म समग्र पार्टी पंक्तिको मूल ध्यान चुनावमा केन्द्रित हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय