site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेलोसीको भ्रमणपछि पहिलो पटक ताइवान स्ट्रेट पार भयो अमेरिकी युद्धपोत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

ताइपेई । संयुक्त राज्य अमेरिकाका दुई वटा युद्धपोत अन्तर्राष्ट्रिय पानीको माध्यमबाट ताइवान स्ट्रेटमा यात्रा गरिरहेका छन् । चीनले गत महिना जलमार्गमा अभूतपूर्व सैन्य अभ्यास गरेपछि पहिलो पटक अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा यात्रारत देखिएको हो ।

आइतबार अमेरिकी नौसेनाले एक विज्ञप्ति जारी गर्दै ताइवान स्ट्रेटमा अमेरिकी युद्धपोतको यात्राले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि संयुक्त राज्यको प्रतिबद्धता देखाउने बताएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि ताइवान स्ट्रेटमा तनाव सबैभन्दा उच्च स्तरमा पुगेको थियो । ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्ने चीनले स्वशासित टापुको वरपर दिनभर हवाई र समुद्री अभ्यास गरेर प्रतिक्रिया जनाएको थियो । 

ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न तत्पर रहेको बेइजिङले उक्त यात्रालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयासको रूपमा हेरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । 

Royal Enfield Island Ad

तीन अमेरिकी अधिकारीहरूले नाम नछाप्ने सर्तमा रोयटर्सलाई भने, “अमेरिकी नौसेनाका जहाजहरु चान्सेलर्सभिल र एन्टिएटमले उक्त अपरेसन गरिरहेका थिए ।” 

त्यस्ता अपरेसनहरू सामान्यतया पूरा हुन आठ देखि १२ घण्टासम्म समय लाग्छ । उक्त कार्य चिनियाँ सेनाले नजिकबाट निगरानी गरिाराखेको अलजजिराले जनाएको छ । 

बेइजिङको क्रोधलाई आकर्षित गर्दै हालैका वर्षहरूमा अमेरिकी युद्धपोतहरूले बेलायत र क्यानडा जस्ता राष्ट्रको सहयोगमा नियमित रूपमा स्ट्रेटको यात्रा गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro