site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ देउवाले आज उद्घाटन गर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
Sarbottam CementSarbottam Cement

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १० मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न भएको छ । एक हजारजना अट्ने सभा हलसहितका अन्य १२ हल रहेको सम्मेलन केन्द्र निर्माण सम्पन्न भएको हो । बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र तयार पारिएको हो । सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । 

नेपालको झन्डा आकारमा तयार पारिएको सभा हल तत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ । हलमा ८७२ वटा फिक्स कुर्सी जडान गरिएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए । मुख्य उद्घाटन कार्यक्रम यही हलमा हुने पन्थीले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

सभा हलसहित ६ वटा बैठक हल र दुईवटा बहुउद्देश्यीय हल भवन तयार भएको छ । सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ । सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप दुईवटा हल छन् । 

Global Ime bank

सबै हलमा एकपटकमा २९ सयजना अटाउनसक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् । अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पांग्रे र चार सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।

सम्मेलन केन्द्र सञ्चालन भएपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सहज हुने भएको छ। विद्युतका लागि छुट्टै सब–स्टेसन राखिएको छ । ६३० केभी क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ । 

खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभा हल अगाडि पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरी पाँचवटा अलग–अलग गेट तयार पारिएको छ । 

विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ। बाँकी तीन वटामध्ये दुईवटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ । 

 

बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउन्टरसमेत बनाइएको छ । सम्मेलन केन्द्र अन्तराष्ट्रियस्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए । 

२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो । दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समय अवधि तोकेर काम भएको हो । तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७८ असारमै निर्माण सम्पन्न गरेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख पन्थीले बताए । सम्मेलन केन्द्र ९.६ बिगाहामा बनेको छ ।

सञ्चालन अधिकार कसलाई ?

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन कसले गर्ने भन्नेमा अन्योल छ । निजी क्षेत्र वा स्थानीय तहले सञ्चालन अधिकार लिन कार्यविधि बनाउनुपर्ने भएकोले अन्योल सिर्जना भएको आयोजना प्रमुख पन्थीले बताए । उनले काठमाडौंको सभागृह काठमाडौंको स्थानीय तहले सञ्चालन गरेको बताउँदै पन्थीले यहाँ पनि बुटवल उपमहानगरले सञ्चालन गर्न सक्ने भए पनि कार्यविधि नबनेकाले सञ्चालन अन्योल बनेको बताए । 

यता, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन अधिकार पाएमा उत्कृष्ट कार्यसम्पादन गर्ने बताउँछन् । उनले सहरी विकास मन्त्रालयले कार्यविधि बनाएर हस्तान्तरण गरेमा उपमहानगर सञ्चालनको लागि तयार रहेको बताए ।

उनले भने, “हाम्रै नगरमा छ । यो निर्माणको चरणमा पनि हाम्रै योगदान छ । सञ्चालनको अवसर पायौँ भने हामी यसको लागि तयार छौँ । उत्कृष्ट बनाएर देखाउँछौँ ।” 

यसरी प्राप्ति भएको थियो जग्गा 
अहिले सम्मेलन केन्द्र निर्माण भएको जग्गा नेपाली सेनाको मातहतमा थियो । स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा यहाँको जग्गालाई नेपाली सेनाबाट नगर मातहत ल्याइएको हो ।

बुटवल मिलन चोक सडक डिभिजनको कम्पाउन्डभित्र मेला महोत्सव गर्ने निजी उद्योगी व्यवसायी सङ्घहरूलाई जग्गा सानो भएपछि बाहिर जग्गाको खोजी सुरु भएको हो । यहाँको जग्गाको लागि बनमन्त्री दिलेन्द्र बडू बुटवल आएको समयमा बुटवल उद्योग वाणिज्य संघ र नेपाली कांग्रेसले अन्तरक्रिया गरी जग्गा माग गरेका थिए ।

तीन स्थानमा हेरिएको जग्गामा यो क्षेत्रको जग्गा सबैभन्दा उत्कृष्ठ ठानेर जग्गा प्राप्तीको प्रक्रिया शुरु भएको बताउँछन् बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ । बुटवल मण्डपको जग्गा प्राप्तीको लागि तत्कालीन सांसद स्व. शूर्यप्रसाद प्रधानलाई जग्गा प्राप्तीको संयोजक बनाएर अघि बढेको उनले बताए । उनले प्रधानको नेतृत्व र कोइरालाको प्रयासबाट जग्गा प्राप्ति भएको बताए । 

सहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने तयारी गरिएको कार्यक्रम स्थगित गरी प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने भएका हुन् । भदौ १ गते उद्घाटनको अन्तिम तयारीमा रोकिएको हो । आयोजना प्रमुखले तयारी नपुगेकोले रोक्ने आदेश आएकोले कार्यक्रम रोकिएको प्रतिक्रिया दिएका थिए । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो योजनाको रूपमा शिलान्यास गरेको यस केन्द्रको उद्घाटन रोक्न पहल गरेको नेकपा एस निकटका जिल्ला नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC