राजनीति
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्नेछ ।
आजको बैठकले हिजो अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्नेछ । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह बनाइएको छ ।
सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले प्रतिवेदनमाथि छलफल गर्ने र सुझाव पेस गर्नेछन् । छलफलपछि समूहका टोली नेताले प्रतिवेदनमा सुझाव पेस गर्नेछन् ।
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९ ०८:०९
प्रतिक्रिया दिनुहोस्