site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका बार र क्लबमा महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँचजनालाई सार्वजनिक गरेको हो ।

विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ ५ गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएको आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको जानकारी दिए । उनले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यक्रमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार पक्राउ पर्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन् । उनीहरूले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लब, लन्ज, डिक्सको, विभिन्न मदिराका डिलर, दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको उनले बताए । 

उनीहरूले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको उनको भनाइ छ । 

Global Ime bank

उनीहरूले स्टक क्लियरेन्स भन्दै बजार भाउ भन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको उनले बताए ।

उनले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताए ।

प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको बताए । त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल, ज्याक डेनियल्स ११ बोतल, बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामत भएको उनले बताए ।

बरामद गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि उनको भनाइ छ । 

उनीहरूमाथि कालोबजारी तथा सामाजिक अपराध सजाय ऐनअन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement