देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७७० ग्राम 'सुन'सहित एकजना महिला पक्राउ परेकी छन् । दुबईबाट आएकी भक्तपुर ८ सुकुलढोकी ५६ वर्षीय कबिता श्रेष्ठ 'सुन'सहित पक्राउ परेकी हुन् ।
उनी डाइपरमा लुकाएर ल्याएको 'सुन'सहित पक्राउ परेकी हुन् । अवैध रूपमा लुकाएर भन्सार छली गरी लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप कारबाही तथा अनुसन्धानका लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १८:०८
प्रतिक्रिया दिनुहोस्