राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिएका छन् । शुक्रबारबाट पार्टी मुख्य कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा हुने निर्वाचनमा देश र जनताको पक्षमा परिणाम प्राप्त गनुपर्नेमा जोड दिए ।
साथै उनले चुनाव भयरहीत वातावरण सम्पन्न हुनुपर्ने बताएका छन् । “मसिर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा भयरहीत वातावरणमा सम्पन्न गर्नुपर्छ,” उनले भने, “स्वतन्त्र, प्रभावकारी बनाउन राज्यका निकायसँग संवाद पनि गर्नुपर्छ । एमालेको पक्षमा जनमत सिर्जना गर्ने काम गर्नुहोस् ।”
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १२:३३
प्रतिक्रिया दिनुहोस्