राजनीति

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले तिजको अवसरमा सरसफाइ अभियान सुरु गरेको छ । बुधबार युवा संघले कलाकारहरूको सांगीतिक प्रस्तुति र नृत्यसहित फोहोर सरसफाइ गरेको छ ।
जडीबुटी पुलबाट थालिएको सरसफाइ कार्यक्रम गठ्ठाघरसम्म पुगेको थियो । सरसफाइ गर्दै सडक किनारमै युवा संघका नेताकार्यकर्ताहरूले नाचगानसमेत गरेका थिए ।
पछिल्लो समय सहरबजारमा तिजका नाममा विकृति फैलिरहेको भन्दै दिदीबहिनीहरूको सम्मानमा सरसफाइ कार्यक्रम गरिरहेको संघका अध्यक्ष किरण पौडेलले बताए ।
युवा संघले १० दिनदेखि निरन्तर काठमाडौंमा सरसफाइको कार्यक्रम गर्दै आएको उनले बताए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १७:०४
प्रतिक्रिया दिनुहोस्