अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिजलक्षित लकर सेवा शुल्कमा विशेष छुटको योजना सार्वजनिक गरेको छ ।
महिलालाई लक्षित गर्दै ल्याइएको उक्त अफरमा लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
यो सुविधा सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुनसुकै शाखाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्त्वपूर्ण प्रमाणपत्रहरू बैंकको लकरमा राख्न सकिनेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्