site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

चुनाव घोषणा भए पनि सरकारले भूमिहीनहरूलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिरहेको छ । कैलालीकाे लम्कीचुहा नगरपालिका–३, बल्चौरका १२४ बादी परिवारलाई मंगलबार मङ्गलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीले लालपुर्जा हस्तान्तरण गरिन् । 

भूमिहीनहरूलाई जग्गाधनी बनाइनु सराहनीय कार्य हो । तर, राम्रो काम पनि बेला र समय हेरेर गर्नुपर्छ । चुनावका बेला जनमत प्रभावित हुनेगरी जग्गा वा अरू कुनै पनि वस्तु वितरण गर्नु भने पक्कै पनि उचित होइन । 

केही दिन पहिले निर्वाचन आयाेगले प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यले तजबिजमा योजना वितरण गर्ने कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । यसैगरी बजेटमा परेकाबाहेक नयाँ आयोजना वितरण गर्न पनि आयोगले रोक लगाएको छ ।

KFC Island Ad
NIC Asia

यसरी नयाँ आयोजना वितरण र कार्यान्वयन गर्न रोक लगाउनुको तात्पर्य सरकारको कुनै पनि क्रियाकलापबाट निर्वाचनमा प्रभाव नपरोस् भन्ने नै हो । सरकारलाई चुनावमा प्रत्यक्ष वा परोक्षरूपमा प्रभाव पार्ने क्रियाकलाप गर्न दिइने हो भने निर्वाचन स्वच्छ र निष्पक्ष हुनसक्तैन । 

वर्षौंसम्म थाती राखिएका भूमिहीनको समस्या समाधान गर्ने प्रयासका नाममा चुनावमा प्रभाव पार्ने क्रियाकलाप गरिनु उचित होइन । तामझामसहित आयोजित वितरण कार्यक्रम सत्ता गठबन्धनका पक्षमा जनमत आकर्षण गर्ने प्रयासकै अभिन्न अङ्ग देखिन्छ ।

Royal Enfield Island Ad

निर्वाचन आयोगले चुनावकाे स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने कार्यक्रमहरू आयोजना गर्न रोक्नुपर्छ । कम्तीमा राज्यकाे तर्फबाट हुने गरिने कामबाट दल वा व्यक्ति विशेषले अनुचित लाभ लिने वातावरण बन्न दिनु हुँदैन । यसैले लालपुर्जा वितरणलगायतका काममा बन्देज लगाउनुपर्छ ।

अहिले कागजकाे टुक्रामात्र दिइने न हो । लालपुर्जा वितरणकाे काम चुनावपछि गरे पनि पाउनेहरूकाे जीवन चर्यामा कुनै अन्तर पर्ने होइन । लालपुर्जा पाउनेहरू जहाँ बसेका छन् त्यहीँ र त्यस्तै अवस्थामा नै रहिरहने हुन् ।

आयोगका पदाधिकारी बेलैमा सजग नहुने हो भने सरकार नैतिकता र वैधताकाे सबै सीमा उल्लङ्घन गर्न सक्ने देखियो । सरकारी पक्षले सीमा नाघेपछि विपक्ष पनि तमासा हेरेर पक्कै बन्नेछैन । चुनावमा यस्तै होडबाजीले पैसाकाे खोलो बग्ने, हिंसा हुने र वैदेशिक चासो बढ्ने गर्छ ।       

यसैले निर्वाचन आयोगले सरकारलाई चुनावका मुखमा लालपुर्जा वितरण नगर्न निर्देशन दिनुपर्छ । साथै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलगायत लालपुर्जा वितरणमा संलग्न अधिकारीहरूसँग स्पष्टीकरण लिएर नसिहत पनि दिनुपर्छ । 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १२:१०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro