site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पुटिन र जेलेन्स्कीबीच भेट गराउँछु : एर्दोआन 
Siddhartha BankSiddhartha Bank

इस्तानबुल । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोआनले निकट भविष्यमा नै आफूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ताको चाँजापाँजो मिलाउने आशा गरेको बताएका छन् । 

रुस र युक्रेनबीच द्वन्द्व सुरु भएदेखि नै एर्दोआनले शान्तिका लागि मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गर्दै आएका थिए । 

Agni Group
NIC Asia

टर्कीमा मन्त्री परिषद्को बैठक सकिनासाथ उनले आफूले युक्रेन–रुसबीचको समस्याको पूर्ण समाधानका लागि ती नेताद्वयबीच वार्ता गराउने बन्दोबस्त मिलाउने अपेक्षा राखेको बताएका छन् । 

तर, पछिल्ला सातामा किभ र मस्को दुवैले पुटिन र जेलेन्स्कीबीचको कुनै पनि भेटवार्ताको कुनै सम्भावना नरहेको बताएका थिए । 

Global Ime bank

सोमबार जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि रुसको प्रतिनिधिले यस्तो कुनै भेटवार्ताको सम्भावना नरहेको फाइनान्सियल टाइम्सलाई बताएका थिए । 

यसैगरी जेलेन्स्की स्वयंले पनि गत साता एर्दोआनसँगको भेटघाटमा यस्तो बैठक हुन नसक्ने तथा ‘मस्को कुनै पनि प्रकारको शान्तिका लागि तयार’ रहेको सुनेर आफूलाई आश्चर्य लागेको प्रतिक्रिया दिएका थिए । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu