site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिफारिस समितिमा एमालेको प्रश्न– महाअभियोग प्रस्ताव के उद्देश्यले ल्याइएको थियो ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकमा एमाले सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए तीन दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भीर विषय भएको बताए । उनले महाअभियोग पारित गर्नका लागि ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो भनेर प्रश्नसमेत गरे ।

छलफलमा ढिलाइ गर्नुका कारणबारे जवाफ नपाएसम्म सिफारिस समितिका सदस्यहरूले प्रभावकारी ढंगले काम गर्न नसक्ने उनले बताए ।

Global Ime bank

"यो महाअभियोग के का लागि ल्याइएको थियो ? महाअभियोग प्रस्ताव पास गरेर, आरोप पुष्टि गरेर निर्णयमा पुग्नको निम्ति अघि सारिएको थियो कि ? प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित गर्ने हिसाबले के उद्देश्यले ल्याइएको थियो ? छ महिनासम्म किन छलफलको विषय बनाइएन ?," सांसद पौडेलले प्रश्न गरे । 

संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको र समितिलाई तीन महिनाका लागि समय दिएको उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा छानबिनका लागि कठिनाइ हुनसक्ने बताए ।

समितिको बैठक बुधबार दिउँसो २ बजे पुनः बस्नेगरी बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय