काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहालवाल मन्त्रीले कुनै पनि उमेदवारको निर्वाचन प्रचारप्रसार गर्न र भाषण गर्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा संघीय, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा भाग लिन नपाउने उल्लेख गरिएको छ ।
“कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने,” प्रस्तावित आचारसंहितामा लेखिएको छ ।
तर, संघ र प्रदेशका मन्त्रीहरु आफै उमेदवार भएको खण्डमा चाहिँ यो नियम लागु नहुने पनि प्रस्तावित आचारसंहितामा लेखिएको छ ।
“निर्वाचनमा आफै उमेदवार भएका मन्त्री आफ्नो उमेदवारी रहेको क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पु¥याएको मानिने छैन,” आचारसंहितामा लेखिएको छ, “यसरी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग भने गर्न पाइने छैन ।”