देश
काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ । सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् ।
बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा पाइलट बेसमा केही संख्यामा मात्रै नर्सहरू पठाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बेलायतमा नर्स पठाउन भदौ पहिलो साता सम्झौता हुँदै, के–के चाहिन्छ योग्यता ?
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्