site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायतमा नर्स पठाउन भदौ पहिलो साता सम्झौता हुँदै, के–के चाहिन्छ योग्यता ?
सांकेतिक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली नर्सलाई बेलायत पठाउनका लागि भदौ पहिलो हप्ता श्रम सम्झौता हुने भएको छ । नर्सिङ जनशक्ति बेलायत पठाउन भदौ ६ (२२ अगस्ट)मा नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता हुने तय भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेलले जानकारी दिए ।

बेलायत सरकारले १० हजार नर्सिङ जनशक्तिको माग गरेपनि पहिलो चरणमा पाइलट बेसमा केही संख्यामा मात्रै नर्सहरू पठाउने मन्त्रालयको तयारी छ । 

सन् २०२१ नोभेम्बरमा बेलायत सरकारले नेपालबाट १० हजार हेल्थ प्रोफेस्नल रोजगारीका लागि लैजाने प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मीको पठाउनका लागि जीटूजी मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप पछिल्लोपटक बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’, ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको छ ।

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

Royal Enfield Island Ad

पहिलो चरणमा पाइलट बेस परीक्षणका लागि केही संख्यामा नर्स पठाउने र उनीहरूको सेवा सुविधालगायतका अवस्था हेरेर थप जनशक्ति पठाउने  मन्त्रालयको तयारी छ । पहिलो चरणमा कति संख्यामा नर्स पठाउने भन्ने यकिन भइनसकेको महाशाखा प्रमुख पोख्रेलले बताए । १० हजार नर्सलाई कुनै शुल्क नलिई बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा पठाउने सरकारको तयारी छ ।

के के योग्यता चाहिन्छ ? 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुन तहको नर्सिङ जनशक्ति पठाउने भन्नेबारे सार्वजनिक गरेको छैन । बेलायत पठाउनका लागि ह्युमन रिसोर्स म्यापिङ भने गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्ति मध्येबाटै पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।

तर, बेलायत जानका लागि दुई वर्ष नर्सिङ अनुभव हुनुपर्ने र आईएलटीएस गर्नुपर्ने महाशाखा प्रमुख पोखरेल बताउँछन् । यता नेपाल नर्सिङ संघले भने बेलायतले ‘स्टाफ नर्स’ लैजान चाहेको जनाएको छ । संघकी अध्यक्ष मनकुमारी राईका अनुसार बेलायतले १० हजार स्टाफ नर्स माग गरेको जानकारी बेलायतमा कार्यरत नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन यूकेले दिएको छ ।

नेपाल नर्सिङ परिषद्काअनुसार नेपालमा हालसम्म ६४५ जना स्पेसलिस्ट, ७२ हजार ५५० जना नर्स, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ जना एएनएम, तथा ८४७ जना फरेन नर्स दर्ता भएका छन् । यीमध्ये २५ प्रतिशत नर्स रोजगारीका लागि अस्ट्रेलिया तथा अरेबियन देशहरूमा जाने गरेको परिषद्को तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro