काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा उनले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धा व्यक्त गरेका थिए ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सानेपा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कांग्रेससहितका विभिन्न नेताहरूले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर सानेपामा राखिएको छ । त्यसपछि आजै अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
गिरिको उपचारका क्रममा शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । उनी ७५ वर्षका थिए । विगत लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।
थप तस्बिर हेर्नोस्–