site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप गिरिप्रति श्रद्धा सुमन !
SkywellSkywell

नेपाली राजनीतिका ‘विलक्षण’ पात्र प्रदीप गिरिको निधनबाट अपूरणीय बौद्धिक र राजनीतिक क्षति भएको छ । नेपाली कांग्रेसका नेता भएर पनि गिरि नेपाली समाजको सबै समूह र समुदायले आदर गर्ने व्यक्तित्व थिए । 

गिरि आजीवन आफ्नै सर्त र निष्ठामा बाँचे । सक्रिय राजनीतिमा भएर पनि व्यवहारवादी राजनीतिको रछ्यानबाट जोगिए । सम्भवतः यसैले पनि उनलाई अरूभन्दा बेग्लै र सबैको साझा बनाएको हो । 

KFC Island Ad
NIC Asia

वैचारिक स्पष्टता र सैद्धान्तिक दृढताको खडेरी परेको समसामयिक नेपाली राजनीतिमा प्रदीप गिरिसँग दाजिन सक्ने स्पष्ट र दृढ राजनीतिकर्मी अर्को छैन भन्नु अत्युक्ति हुँदैन । उनको अग्रज पुस्तामा पनि गिरिसँग दाँज्न मिल्नेहरू बिरलै भेटिन्छन् ।

नेपाली समाजमा गिरिले राजनीतिक संस्कृतिको बेग्लै बाटो बनाएर छाडेका छन् । उनले परम्परागत आदर्शका धेरै मापदण्ड भत्काएका छन् भने अपेक्षाकृत कठिन तर स्वतन्त्र जीवनशैलीको पदचिह्न छाडेका छन् ।

Royal Enfield Island Ad

गिरिको निधनपछि व्यक्त शोक र श्रद्धाका शब्दहरूले नै उनको व्यक्तित्व विवाद र सैद्धान्तिक विभेदभन्दा माथि रहेको पुष्टि गरेको छ । देशका प्रखर बौद्धिकहरूदेखि जनसाधारणसम्म एकै नासले गिरिको निधनमा शोकसन्तप्त देखिए । 

यति व्यापक श्रद्धा र सम्मान प्रदीप गिरिको आफ्नै आर्जन हो । सम्भ्रान्त परिवारमा जन्मे हुर्केर पनि गिरि सदैव निर्धाहरूको पक्षमा रहे । ‘समाजवाद’ नाम दिइएको उनको चिन्तन र राजनीति जनसाधारणको पक्षमा समर्पित रह्यो । 

व्यवहारवादी राजनीति गर्नेहरू प्रायः सत्तामा पुग्न सफल हुन्छन् तर सिद्धान्तनिष्ठहरू सत्तामा बिरलै पुग्छन् । सिद्धान्तनिष्ठहरूमध्ये धेरै त गुमनाम हुन पुग्छन् । प्रदीप गिरि भने यसमा अपवाद बन्न पुगेका छन् । सत्तामा नगए पनि गिरि जनताको मनमा बस्न सकेका रहेछन् ।

सामयिक नेपाली कांग्रेस समाजका प्रखर बौद्धिक राजनीतिज्ञ तथा चिन्तक प्रदीप गिरिप्रति हार्दिक श्रद्धा सुमन !  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ११:२८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro