site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्‍यो : विश्वप्रकाश
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले राष्ट्रपति एकपटकसम्म, प्रधानमन्त्री दुईपटकसम्म, मन्त्री तीनपटकसम्म र चारपटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।

Dabur Nepal
NIC Asia

शनिबार काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा उनले एकै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक–पटक दिन नहुने तर्क गरे । उनले राजनीतिलाई दुस्मनीका रूपमा लिने गरी अभिव्यक्ति दिन नहुने पनि बताए ।

“एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्‍यो,” उनले भने, “राजनीतिलाई रूपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुुनुपर्छ । मैले त भन्ने गरेको छु– राजनीतिलाई दुस्मनीको रूपमा पनि लिनु हुन्न ।”

महामन्त्री शर्माले जनताको कामलाई सहज बनाउन सरकारले ध्यानकेन्द्रित गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu